सर्वोच्चको फैसलाले जनताको जीत भएको छः माधवकुमार नेपाल
११ फागुन, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्च अदालतको ऐतिहासिक फैसलाले जनताको जीत भएको बताएका छन् । उनका अनुसार संविधानका प्रावधानलाई मिचेर केपी ओलीले गरेको प्रतिनिधिसभा विघटन प्रतिगमनकारी कदम थियो ।
सम्मानित सर्वोच्च अदालतले संवैधानिक व्यवस्था र जनभावना अनुसार अत्यन्तै प्रशंसनीय र ऐतिहासिक फैसला सुनाएर लोकतन्त्रको रक्षा गरेकोमा सर्वोच्च अदालतप्रति आभार व्यक्त गरेका छन्। सम्पूर्ण नेपाली जनता, आन्दोलनमा उत्रेका राजनीतिक दलहरु, नागरिक समाज, मिडिया तथा समाजका सबै तह र तप्काका जनतालाई नेपालले धन्यवाद ज्ञापन गरेका छन् ।