१४ फाल्गुन २०७७, शुक्रबार

सर्वोच्चको ऐतिहासिक फैसलाः संसद विघटन बदर



११ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पौष ५ गते गरेको संविधान विघटनलाई सर्वोच्च अदालतले बदर गरि दिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर के.सी.को संवैधानिक इजलासले प्रधानमन्त्री ओलीले गरेको संसद विघटन बदर हुने फैसला सुनाएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते संसद विघटन गरी वैशाख १७ र २७ गते निर्वाचन घोषणा गरेकी थिइन् । त्यसविरुद्ध १३ वटा रिट सर्वोच्चमा दर्ता भएका थिए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु