१६ फाल्गुन २०७७, आईतवार

प्रधानमन्त्रीले बोलाए सुरक्षा परिषदको बैठक



११ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सुरक्षा परिषदको बैठक बोलाएका छन् ।

मंगलबार बिहान ९ बजे सिंहदरबारस्थित परिषद कार्यालयमा बैठक बस्न लागेको रक्षा मन्त्रालयका सचिव रेश्मीराज पाण्डेले बताएका छन् ।

बैठकलाई नियमित भनिएको छ । सुरक्षा परिषदमा प्रधानमन्त्रीसहित रक्षा, गृह, परराष्ट्र, अर्थ, मुख्यसचिव र प्रधानसेनापति सदस्य हुन्छन् ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सुरक्षा परिषदको बैठकपछि आजै मन्त्रिपरिषद बैठक बस्ने पनि जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु