२० फाल्गुन २०७७, बिहीबार

कोरोना भाइरसबाट अमेरिकामा करिब पाँच लाखको मृत्यु



१० फागुन, काठमाडौं । कोरोना भाइरस सङ्क्रमण शुरु भएदेखियता संयुक्त राज्य अमेरिकामा करिब पाँच लाख व्यक्तिको मृत्यु भएको छ । अमेरिकामा कोरोना भाइरसका कारण विश्वको तुलनामा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको हो । ‘हामीले सयौं वर्षयता इन्फ्लुएन्जाको महामारीपछि यति धेरै नागरिकको ज्यान गएको यो मात्र देखेका छौँं’ अमेरिकी राष्ट्रपति जो बिइडेनका प्रमुख चिकित्सा सल्लाहकार एन्थोनी फौसीले बताए ।

अमेरिकामा कोरोना भाइरसबाट चार लाख ९८ हजार जनाको मृत्यु भएको जोन हप्किन्स विश्वविद्यालयले जानकारी दिएको छ । सन् २०२० फेब्रुृअरीमा संयुक्त राज्य अमेरिकामा कोभिड–१९ बाट पहिलो व्यक्तिको मृत्यु घोषणा भएको थियो । एक वर्षपछि कोरोना भाइरसबाट मृत्यु हुनेृ व्यक्तिको संख्या पाँच लाख पुगेको छ ।

अमेरिकामा मृत्यु हुने संख्या पाँच लाख पार गर्ने क्रममा बाइडेनले भने संकटको कहिले समाधान हुन्छ भन्नेबारे दृढ भविष्यवाणी गर्न नचाहेको बताइएको छ ।

तर अमेरिकामा कोरोना भाइरसको खोप दिन थालिसकिएको छ । अहिलेसम्ममा ६ करोड १० लाख जनाले यो खोप लगाइसकेका छन् । त्यसैगरी एक करोड ८० लाख जति नागरिकले भने यो खोपको पूरै मात्रा लगाएको पनि अमेरिकी औषधि विभागले जानकारी दिएको छ ।

(रासस)


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु