६ आश्विन २०८०, शनिबार

प्रचण्ड-नेपाल पक्षले ६८ जिल्लाको नेतृत्व टुङ्ग्यायो (सूचिसहित)



१० फागुन, काठमाडौं । संसद विघटनविरूद्ध आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल पक्षले ६८ जिल्लामा नेतृत्व चयन गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा संसद विघटन गरेपछि विभाजित नेकपाको एक प्रचण्ड–नेपाल पक्षले जिल्लाहरूका अध्यक्ष र सचिव टुंगो लगाएको हो ।

प्रचण्ड–नेपाल पक्षले ९ बुँदे मापदण्ड बनाएर बराबर हैसियतमा संगठनमा नेतृत्व लिने सहमति गरेको भोलिपल्ट जिल्लाहरूमा नेतृत्व चयन गरेका हो ।

जसमध्ये पूर्वमाओवादीले ३५ जिल्ला र पूर्वएमालेले ३३ जिल्लामा नेतृत्व पाएका छन् । नौ जिल्लामा भने नेतृत्व टुंग्याउन बाँकी रहेको पार्टी स्रोतले जनाएको छ ।

गत माघ १ र २ गते बसेको स्थायी कमिटी बैठकको निर्णयअनुसार रिक्त पदमा पदपूर्ति गर्न केन्द्रीय सचिवालयलाई अधिकार दिएअनुसार जिम्मेवारी दिइएको उक्त समूहले जानकारी दिएको छ ।

नेतृत्वको सूचि हेर्नुहोस् :


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको