४ आश्विन २०७८, सोमबार

क्याप्टेन विजय लामा अभिनित ‘मान्छे’ को भिडियो सार्वजनिक



९ फागुन, काठमाडौं । बहुप्रतिभाशाली व्यक्तित्व क्याप्टेन विजय लामा अभिनित गम्भिर प्रकृतिको गीत ‘मान्छे’को भिडियो सार्वजनिक भएको छ । गत मंगलबार सिटी सेन्टर, कमलपोखरीमा एक भव्य कार्यक्रमका बिच ‘मान्छे’ को भिडियो सार्वजनिक गरिएको हो ।

‘मान्छे खोज्दा हिजो आज मान्छे पाइदैन, मान्छे मान्छे भइदिए त देउतै चाहिदैन’ । आफ्नो निहित स्वार्थपूर्तिका लागि जे पनि गर्न तयार राजनितिज्ञदेखि धर्मको खोल आडेका धर्मगुरू र मान्छे बन्न नसेका आम मान्छेलाई यो गीतले गतिलो झापडसहितको सन्देश दिएको छ ।

लामो समयको अन्तरालपछि वरिष्ठ गीतकार कालिप्रसाद रिजालले लेखेका हृदयस्पर्शी शब्दहरूमा किरण कडेलले भाव सुहाउदो संगित भरेका छन् । संगितका कालिगढ भनेर चिनिने कँडेलले नै गीतको संगित संयोजन गरेका हुन् । प्रज्ञा साउण्ड स्टुडियोमा रेकर्ड गरिएको गीतको ध्वनि सम्पादन भने शम्भु कुमार तण्डुकारले गरेका हुन् ।

गीतको भिडियोमा विजय लामाको साथमा धु्रब कोइराला, काजोल नेपाल, बद्री पुडासैनी, जिवन शाही, समिया कार्की, मनोज ओली, रत्न डंगोल, अमुल्य राणा, आशिस प्याकुरेल, अन्नपूर्ण श्रेष्ठ निशा तामाङ्ग, बिनोद डंगोललगायतको अभिनय हेर्न सकिन्छ ।

‘मान्छे’ को भिडियोमा रामकुमार केसीको छायाँकन र डिन्सन शाहको सम्पादन रहेको छ । गीतको भिडियो निर्देशन जिवन शाहीले गरेका हुन् । ओएसआर डिजिटल युट्युव च्यालनमा गीतको भिडियो हेर्न सकिन्छ ।

भिडियो हेर्नुहोस् :


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको