हुम्लामा अनेमसंघ प्रचण्ड–नेपाल समूहको विरोध सभा
कर्णबहादुर रोकाया
९ फागुन, हुम्ला । प्रतिनिधि सभा विघटनको विरोधमा हुम्लामा अखिल नेपाल महिला संघ प्रचण्ड–नेपाल पक्षले विरोध सभा आयोजना गरेको छ । सिमकोट बजार परिक्रमा गरी धुपीरुख चौतारोमा कोण सभा गरेर विरोध कार्यक्रम सम्पन्न भएको हो ।
अनेमसंघ हुम्लाले निकालेको विरोध कार्यक्रममा असंवैधानिक कदमका विरुद्धमा विभिन्न प्रकारका नारा लगाइएको थियो । जसमा संसद पुनस्र्थाना गर्नेदेखि बलात्कारीलाई कारवाही, महंगी नियन्त्रण तथा जनजीविकालाई सहज बनाउन दवाव दिनका लागि विरोध सभा आयोजना गरिएको अखिल नेपाल महिला संघ केन्द्रीय सदस्य जुनेलीले बताइन् ।
विरोध कार्यक्रममा बक्ताहरूले देउडा लगायत सांस्कृतिक झाँकीसहित आफ्ना मन्तव्य राखेका थिए । विरोधका कार्यक्रमहरू गाउँ–गाउँमा आयोजना गरिने अनेमसंघले जनाएको छ ।