१६ श्रावण २०७८, शनिबार

प्रजातन्त्र दिवसमा जग्गाधनी पुर्जा वितरण



७ फागुन, काठमाडौं । सरकारले ७१औं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा जग्गाधनी पुर्जा वितरण गरेको छ । नापि भएका र गाउँ ब्लकमा दर्ता भएका जग्गाको सम्बन्धित जग्गा धनीलाई नापी कार्यालयले जग्गाधनी पुर्जा वितरण गरेको हो ।

कार्यालयमा आयोजित एक कार्यक्रममार्फत सुनकोशी गाउँपालिका वडा नम्बर ७ का ७६ वर्षीया शान्ता मायादेवी तामाङलाई मालपोत कार्यालयका प्रमुख निलराज पौडेलले जग्गाधनी पुर्जा हस्तान्तरण गरेका थिए ।

वर्षौँदेखि भोगचलन गर्दै आएका तर जग्गा धनी प्रमाण पुर्जा नहुँदा समस्यामा परेका जग्गाधनीलाई पुर्जा वितरण गरिएको हो । कार्यालयले प्रजातन्त्र दिवसका अवसरमा सुनकोशी–७ मझुवा, तीनपाटन गाउँपालिका–८ बाहुनतिल्पुङ, मरिण गाउँपालिका–४ र घ्याङलेख गाउँपालिका–२ बस्तिपुरमा रहेका गाउँ ब्लकमा रहेका जग्गधनीलाई पुर्जा वितरण गरिएको हो ।

कार्यालयका सूचना अधिकारी विष्णुप्रसाद बडालले सुनकोशी–५ का २३, तीनपाटन–८ का चार, मरिण–४ का आठ र घ्याङलेख–२ का आठलाई जग्गाधनी पुर्जा वितरण गरिएको जानकारी दिए ।

कार्यालयले सबै विवरण मालपोत कार्यालयमा पठाउने र अबका ६० दिनपछि सम्बन्धित जग्गाधनीले कानुनीरुपमा किनबेच गर्न तथा धितो राखेर ऋण निकाल्न सक्ने सुचना अधिकारी बडालको भनाई छ । पुर्जा पाएपछि खुसि हँुदै शान्ता मायादेवी तामाङले धेरै संघर्षले पुर्जा पाएको बताइन् । जग्गाको पुर्जा दिएकामा उनले सम्बन्धित सबैलाई धन्यवाद दिँदै अब जग्गाको बिक्री गर्ने कानूनी बाटो खुलेको बताइन् ।

(रासस)


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु