१४ आश्विन २०८०, आईतवार

सत्यराज आचार्यको कालजयी गीत ‘भरोसाको दियो’ सार्वजनिक (भिडियोसहित)



७ फागुन, काठमाडौं । हरिहर निरौलाको प्रस्तुतीमा ‘भरोसाको दियो’ बोलको गीत सार्वजनिक भएको छ । प्रस्तुतकर्ता निरौलाले नै रचना गरेको गीतको भिडियो शुक्रबार सत्य–स्वरूप युुुट्युव च्यानलबाट सार्वजनिक गरिएको हो ।

गीतमा प्रसिद्ध गायक तथा सङ्गीतकार सत्यराज आचार्यले आवाज भरेका छन् । विशाल ढकालले सङ्गीत गरेको गीतलाई पुष्कर सुनुवारले सङ्गीत संयोजन गरेका हुन् ।

गीतको भिडियो सत्यराज आचार्य स्वयंले निर्देशन गरेका हुन् भने उनकी पत्नी अनिता थापा आचार्यले उनलाई निर्देशनमा सघाएकी छिन् । सत्यकै अभिनय समेत देख्न पाईने भिडियोमा स्वरूप पुरुष ढकाल र पुष्पा रायमाझीले पनि अभिनय गरेका छन् ।

गीतको भिडियोमा हरि हुमागाँईको छायाङ्कन अनि बिकास धमलाको सम्पादन रहेको छ ।

भिडियो हेर्नुहोस् :


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको