१३ फाल्गुन २०७७, बिहीबार

कर्णाली लोकसेवा आयोगको अध्यक्षमा रामप्रसाद उपाध्याय नियुक्त



६ फागुन, काठमाडौं । कर्णाली प्रदेश लोकसेवा आयोगको अध्यक्षमा रामप्रसाद उपाध्याय नियुक्त भएका छन् । आयोगको सदस्यमा वसन्तीकुमारी सिंह शाही र भक्तबहादुर खड्का नियुक्त भएका छन् ।

आयोगका नवनियुक्त अध्यक्ष उपाध्यायलाई प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले आजै पद तथा गोपनीयताको शपथ गराएका छन् । त्यस्तै आयोगका सदस्यलाई अध्यक्ष उपाध्यायले पद तथा गोपनीयताको शपथ गराए ।

वि.सं २०४४ मा पूर्व शिक्षक भएर आफू पढ्दै पढाउँदै गरेका उपाध्याय वि.सं २०४५ मा माध्यमिक विद्यालय निरीक्षक र शिक्षा मन्त्रालयका सहसचिवसमेत थिए ।

नारायण नगरपालिका वडा नम्बर ३ दैलेख स्थायी घर भई हाल वीरेन्द्रनगरपालिका –१२ सुर्खेत बस्दै आएका उपाध्याय क्षेत्रीय शिक्षा निर्देशनालय सुर्खेतको निर्देशक भएर निवृत्तिभरण भएका थिए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु