१८ फाल्गुन २०७७, मंगलवार

फागुन १४ गतेदेखि कुमारीको ८ करोड इकाइको म्यूचुअल फण्ड खुल्दै



६ फागुन, काठमाडौं । कुमारी इक्वीटी फण्ड नामक म्युचुअल फण्डको आवेदन यहि फागुन १४ देखि खुल्ने भएको छ । कुल ८ करोड इकाईमध्ये १५ प्रतिशत कोष प्रवद्र्धक कुमारी बैंकलाई सुरक्षित गरी बाँकी कुल ६ करोड ८० लाख इकाई आम सर्वसाधारणका लागि निष्कासन गर्न लागिएको हो ।

यसमा लगानी गर्न चाहनेले छिटोमा फागुन १८ गतेसम्म आवेदन दिन सक्नेछन् । तोकिएको अवधिमा सम्पूर्ण इकाईका लागि आवेदन नपरेमा ढिलोमा २८ गतेसम्म आवेदन दिन सकिने छ । म्युचुअल फण्डको अवधि १० वर्षको छ ।

प्रतिइकाई १० रुपैयाँ पर्ने म्युचुअल फण्डमा न्यूनतम १ सय इकाई अर्थात् १ हजार रुपैयाँको आवेदन दिनुपर्नेछ ।

आफ्नो बैंक खाता भएको जुनसुकै शाखामार्फत आवेदन दिन सकिनेछ । नेपाली नागरिक, गैरआवासीय नेपाली, विभिन्न संघसंस्था र बीमा कम्पनीहरूले फण्डका लागि आवेदन दिन सक्ने कुमारी बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु