२० जेष्ठ २०८०, शनिबार

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिविरूद्ध अनेरास्ववियुको विरोध प्रदर्शन



६ फागुन, सुर्खेत । सरकारले अन्तर्राष्ट्रिय स्वचालित प्रणालि भन्दा बाहिर रहेर मनोमानि ढङ्गले पेट्रोलियम पदार्थ तथा खाद्यान्नकोमा गरेको मूल्यवृद्धिविरूद्ध अनेरास्ववियू मध्यपश्चिमाञ्चल विश्वविद्यालयले विरोध प्रदर्शन गरेको छ ।

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिनुपर्ने भन्दै विश्वविद्यालयको प्राङ्गणमा विहिबार अनेरास्ववियुले विरोध प्रदर्शन गरेको हो ।

विरोध प्रदर्शनमा आफ्नो भनाई राख्दै अनेरास्ववियूका नेता मिलन बि.सिले संसद विघटन जस्तो असंवैधानिक कदम चालेको काम चलाउ सरकारले मजदुर, किसान र विद्यार्थीहरूको दैनिकि नै प्रभावित हुनेगरी एकाएक मुल्य वृद्धि गरेको आरोप लगाए । उनले चाडो भन्दा चाडो वृद्धि गरिएको मूल्य फिर्ता नलगे अनेरास्ववियूले थप सशक्त आन्दोलन गर्ने चेतावनी समेत दिए ।

अनेरास्ववियू केन्द्रीय सदस्य तिर्सना हमालले पेट्रोलियम पदार्थमा अस्वभाविक तवरले गरिएको मुल्यवृद्धिविरुद्ध डटेर लड्ने प्रतिवद्धता व्यक्त गरिन् । उनले अनेरास्ववियू अन्याय, अत्याचार, बेथिति र भ्रष्टाचारको दुस्मन भएको प्रष्ट पार्दै होषियारीपूर्वक कदम चाल्न दलाल सरकारलाई आग्रह गरिन् ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालय अनेरास्ववियुका नेता जगत शाही र रविन्द्र पाण्डेले पनि सरकारको जनविरोधी निर्णयप्रति आपत्ति जनाउदै आफ्ना धारणा राखेका थिए ।

विरोध प्रदर्शनमा अनेरास्ववियू केन्द्रीय सदस्य राजेन्द्र बुढा, महेश जि.सि, विश्वविद्यालयका नेता विज्ञानराज कार्कि, जनक धमला र उमेश तिवारीलगायतको उपस्थिति थियो ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको