२० फाल्गुन २०७७, बिहीबार

मेरो मृत्यू हुँदा फेसबुकमा श्रद्धाञ्जली नदिनु है !


लक्ष्मी बि.सी.
६ फाल्गुन २०७७, बिहीबार

म रहरले जन्मेको कदापी पनि होइन, अनि म रहरले नै मर्न पनि चाहदैन । म त बाँच्न चाहन्छु । जस्तोसुकै परिस्थितिको पनि सामना गर्दै अघि बढ्न सकुँ, मेरो चाहना यहि हो । जिन्दगीको जत्ति नै जटिल र अन्तिम अवस्थामा पनि म बाँच्न चाहन्छु । एक पटक पाएको जिन्दगीलाई भरपुर उपयोग गर्न चाहन्छु । हामी सबै मानवको चाहना पनि यहि हो ।

यहि चाहनाका साथ उच्च शिक्षा हाँसिल गरी हजारौं सपनाहरू पुरा गर्ने लक्ष्य लिएर विद्यालय गएकी भागरथीको सपना अब कहिल्यै पुरा नहुने भएको छ । फक्रिन लागेको कोपिला चुडिएको छ । उनी बाँच्न चाहन्थिन्, सके जत्ति प्रतिकार गरिन्, शरिरमा टोक्दै, टाउको, हात, जिउभरी घाउ बनाउँदै पापीहरूले सर्वस्व नै लुटिदिए । भित्री बस्त्र चुँडिएको, यौनाङ्गबाट रगत बगेको अवस्थामा उनको शव भेटिएको छ ।

कक्षा १२ मा अध्ययनरत बैतडी दोगडा केदार गाउँपालिका वडा नं. ७ की १७ वर्षिया भागरथी भटट् विद्यालयबाट घर फर्किर्दै गर्दा गिद्धेनजर भएका यौन पिपासु व्वाँसोको फेला परिन् । उनी बाँच्न चाहन्थिन्, एकल आमाको सहारा बन्न चाहन्थिन् जिन्दगीका रङ्गीन सपनाहरू पुरा गर्न चाहन्थिन । श्रीमान् वितेको केही दिनमै छोरीको विभत्स हत्या हुँदा सेतो वस्त्रमा रहेकी आमाको पिँडा कसले बुझिदिने ? उनको आँशु कसले पुछि दिने ? उनको चित्कार कसले सुनिदिने ?

कक्षा १२ मा अध्ययनरत बैतडी दोगडा केदार गाउँपालिका वडा नं. ७ की १७ वर्षिया भागरथी भटट् विद्यालयबाट घर फर्किर्दै गर्दा गिद्धेनजर भएका यौन पिपासु व्वाँसोको फेला परिन् । उनी बाँच्न चाहन्थिन्, एकल आमाको सहारा बन्न चाहन्थिन् जिन्दगीका रङ्गीन सपनाहरू पुरा गर्न चाहन्थिन । तर मानवको नाममा रहेका दानवको सिकार बनिन् । भागरथीको घटना भएको आज बुधबार १४ दिन पछि प्रहरीले हत्यारा सार्वजनिक गरेको छ । हत्यारा पत्ता लगाउन सफल भएकोमा नेपाल प्रहरीलाई धेरै धन्यवाद । यसैगरी निर्मला पन्तका हत्यारालाई पनि सार्वजनिक गरियोस् । जसरी भागरथी हत्या आफैले गरेको हुँ भन्दै सोही विद्यालयका सहकर्मी सार्वजनिक भएका छन् । त्यसैगरी निर्मला पन्त हत्यामा पनि संलग्न भन्दै एक व्यक्ति सार्वजनिक गरिएको थियो । भागरथी हत्या प्रकरणमा यस्तो हुनेछैन भन्ने कुरामा विश्वस्त हुन सकिरहेको छैन् र यस्तो नहोस् ।

श्रीमान् वितेको केही दिनमै छोरीको विभत्स हत्या हुँदा सेतो वस्त्रमा रहेकी आमाको पिँडा कसले बुझिदिने ? उनको आँशु कसले पुछि दिने ? उनको चित्कार कसले सुनिदिने ? संसारमै अव्वल मानिएको नेपाल प्रहरीले निर्मला पन्तको बलात्कार पछि हत्या भएको करिव ३ बर्ष हुनलाग्दा पनि अहिलेसम्म दोषी पत्ता लगाउन सकेको छैन् । अनुसन्धानको घेरा साँघुरिदै गएको छ । कठै मेरो देशको कानुन !

देशमा धेरै परिवर्तनहरू भए, सत्ता फेरियो शासक फेरिए, देशमा राणा शासन, प्रजातन्त्र, पञ्चायतकाल, लोकतन्त्र हुँदै गणतन्त्र आयो । तर यौन तथा महिला हिंसाका घटनामा भने कमी आएको छैन् । घटनाका नयाँ नयाँ रूपहरू देखा परिरहेका छन् । यौन शिक्षाको कमी हो वा ऐन नीति नियमको पालना नहुँदा घटनाहरू बढिरहेका हुन् । मेरो देशको राष्ट्र प्रमुख महिला भन्न पाउँदा म छोरी भएर जन्मिएकोमा आफूलाई साह्रै भाग्यमानी ठान्छु । मलाई गौरव लाग्छ मेरो देशको प्रमख स्थानमा महिला पुगेको छ भन्न तर देशको प्रमुख पदमा महिला प्रमुख रहेको बेला छोरी चेली कति सुरक्षित छन त भन्ने प्रश्नले मन भतभती पोल्ने गर्छ । निती नियम ऐन कानुनका हिसावले मानव अधिकार, महिला अधिकारमा दक्षिण एसियामा नै अग्रपङ्क्तिमा रहेको मेरो देशका छोरी चेलीको दुर्दशाले मन साह्रै कुडिन्छ । आँखिर हामी महिला कहाँ सुरक्षित छौं त ? घरपरिवार, आफन्त, समाज, कार्यालय, सहकर्मी, कार्यस्थलका हाकिमहरू, विद्यालय, सार्वजनिक यातायातमा कहाँबाट कसरी हामी सुरक्षित हुने ? हाम्रा छोरीचेलीलाई कसरी सुरक्षित राख्ने ? कि त छोरी भएर जन्मिनु नै अभिसाप हो ? यौन हिंसा, बलात्कारका कतिपय घटनाहरू बाहिर आउनै सकेका छैनन् ।

निर्मला पन्तको बलात्कार पछि हत्या भएको करिव ३ वर्ष हुनलाग्दा पनि अहिलेसम्म दोषी पत्ता लाग्न सकेको छैन् । उनको पनि भागरथी जस्तै गरी बलात्कार पछि उखुबारीमा छिन्नभिन्न अवस्थामा शव भेटिएको थियो । प्रहरी प्रशासनले हामी हत्यारा पत्ता लगाउने काममा नजिक छौं भनेको थियो । गृहमन्त्री रामबहादर थापाले त हामी केही दिनमै हत्यारा सार्वजनिक गर्दैछौ, दोषी पत्ता लागिसकेको छ भनेका थिए । खै त गृहमन्त्रीज्यू अहिलेसम्म दोषी खोजिरहनु भएको छ कि सार्वजनिक गरिसक्नु भयो ?

बाहिर आएका घटनाहरूमा पनि वर्षौंलाग्दा समेत पिँडितले न्याय पाउन सक्दैनन् । निर्मला पन्तको बलात्कार पछि हत्या भएको करिव ३ वर्ष हुनलाग्दा पनि अहिलेसम्म दोषी पत्ता लाग्न सकेको छैन् । उनको पनि भागरथी जस्तै गरी बलात्कार पछि उखुबारीमा छिन्नभिन्न अवस्थामा शव भेटिएको थियो । प्रहरी प्रशासनले हामी हत्यारा पत्ता लगाउने काममा नजिक छौं भनेको थियो । गृहमन्त्री रामबहादर थापाले त हामी केही दिनमै हत्यारा सार्वजनिक गर्दैछौ, दोषी पत्ता लागिसकेको छ भनेका थिए । खै त गृहमन्त्रीज्यू अहिलेसम्म दोषी खोजिरहनु भएको छ कि सार्वजनिक गरिसक्नु भयो ? जिम्मेवार पदमा बसेका जिम्मेवार व्यक्तिले समेत खुलेआम लाज पजाएर जनताको अगाडि झुठको खेती गर्न सक्छन् कठै मैरो देशमा । आफू अनुकुल नहुँदा तेजाव आक्रमणदेखि बलात्कार अनि हत्या कति सजिलै घटनाहरू घटिरहेका छन् । गृहमन्त्री, प्रधानमन्त्री, राष्ट्रपतिज्यू निर्मला तपाईँले जन्माएको छोरी भइदिएको भए केही त कदम उठाउन सक्नुहुन्थ्यो होला नि ! कि त यसरी नै हेरेर बसिरहनु हुन्थ्यो ?

गृहमन्त्री, प्रधानमन्त्री, राष्ट्रपतिज्यू निर्मला तपाईँले जन्माएको छोरी भइदिएको भए केही त कदम उठाउन सक्नुहुन्थ्यो होला नि ! कि त यसरी नै हेरेर बसिरहनु हुन्थ्यो ? म स्वयम् पनि सुरक्षितसँग बाँच्न चाहन्छु । सरकार यदि मलाई पनि यसरी नै बलात्कार गरी हत्या गरियो भने फेसबुक, ट्वीटर जस्ता सामाजिक सञ्जालमा कोही कसैले पनि फोटो राखी श्रद्धाञ्जली नलेखिदिनु है !

धेरै निर्मला अनि भागरथीहरूले अकालमा ज्यान गुमाइसके सरकार ! अब अरु भागरथी, निर्मलाहरूले ज्यान गुमाउनु नपरोस् । मेरा भावी सन्तती छोरी चेलीहरूले अकालमा ज्यान गुमाउन नपरोस् अनि भागरथी र निर्मलाका आमाबुवाको जस्तो कोख नरित्तियोस् । अहिले हरेक घरमा रहेका छोरी चेलीका अभिभावकको चाहना पनि यहि छ । म स्वयम् पनि सुरक्षितसँग बाँच्न चाहन्छु । सरकार यदि मलाई पनि यसरी नै बलात्कार गरी हत्या गरियो भने फेसबुक, ट्वीटर जस्ता सामाजिक सञ्जालमा कोही कसैले पनि फोटो राखी श्रद्धाञ्जली नलेखिदिनु है ! किनकी श्रद्धाञ्जली लेखेको मेरो फोटो देखेर नत मेरी आमाले न्याय पाउने छिन् नत मेरा बाबाको चित्कार नै कम हुनेछ नत अरु छोरी चेली नै सुरक्षित हुनेछिन् । घटना घटेको केही समयसम्म सामाजिक सञ्जालमाफोटो देखेर श्रद्धाञ्जली लेखिएला । सडकमा नारा जुलस होलान्, प्रहरी प्रशासन, नेताहरूले दोषीलाई उम्कन दिदैनौ भन्लान् । विस्तारै सबै कुरा पुरानो हुदै जान्छ । नत दोषी पत्ता लाग्छ नत कारवाही नै हुन्छ । घटना केही समयपछि विर्सिदै जान्छ । कारवाहीमा परे पनि केहि दिन, अनि महिना मै तिनै प्रहरी प्रशासन र नेताहरूको बलमा अपराधीलाई छुटाइन्छ । यो त मेरो देशको परम्परा नै भइसकेको छ ।

संविधान ऐन नियमको कडाइका साथ पालना गर्नुपर्छ भन्दै उफ्रने मेरा आदरणीय नेताहरू सुरुवात आफैबाट गर्नुहोस् । दोषीलाई कानुनी कठघरामा ल्याउनु पर्छ भन्दै भाषण गर्ने अनि आफै दोषी तथा अपराधीलाई छुटाउन लागि नपरिदिनुहोस्, कोही कसैलाई फोन नगरिदिनुहोस्, उनीहरूलाई छुटाउन र भेट्न जानभन्दा पिँडितलाई मुखले भएपनि झुटा आश्वासन र सान्त्वना दिन जानुहोस् । कानुनी राज्य रहेको मेरो देशमा पिँडितले न्याय कहिले पाउने सरकार ?

४ बर्षको बालिकादेखि ७६ बर्षिया बृद्धको समेत बलात्कार हुने मेरो देशमा महिला कसरी सुरक्षित हुने त सरकार ? बारामा यहि फालुन ४ गते ७६ बर्षिया वृद्ध महिलालाई मकै बारीमा जबरजस्ती करणी गरेको अभियोगमा कोल्हवीन नगरपालिका ८ का ३९ बर्षिय दलबहादुर लामालाई प्रहरीले सार्वजनिक गरेको छ । फागुन ३ गते कपिलवस्तुमा मेला घुमेर घर फर्किदा रात परेपछि भाञ्जीलाई घर छोड्न गएका मामाबाट १६ वर्षिया एक किशोरी बलात्कृत भएकी छिन् । आरोपितलाई प्रहरीले पक्राउ गरेको छ ।

यस्तै भागरथीको हत्यामा पनि उनकै सहपाठी १६ वर्षिया दिनेश भट्टले दिदी नाता पर्ने १७ वर्षिया भागरथी भट्टको दुवै हातले घाँटी थिचेर हत्या गरी बलात्कार गरेको प्रहरीले जनाएको छ । घटना सुन्दा पनि मनै सिरिङ्ग हुन्छ । यस्ता अपराधीलाई त मृत्युदण्डको व्यवस्था होस् । हुनत ठूलालाई चैन सानालाई ऐन भएको मेरो देशमा आफै यौन हिंसा गर्ने, चोरी, ठगी, लुटेरा, भ्रष्टचारीहरूले नै देश चलाइरहेका छन् । कसरी जनतालाई न्याय दिन सक्छन् ?

विकसित देशहरूमा यस्ता घटनाहरू कहिँ कतै सुनिदैनन् । कानुनी राज्य भएको नीति नियम कडाईका साथ पालना हुने ठाउँमा यस्तो गतिविधि हुँदैन पनि । मानवका नाममा दानवहरू खराब मानसिकता भएका मानिसहरू त सबै ठाउँमा हुन्छन् होला तर कानुनमा सबै बराबर हुने ठाउँहरूमा यस्ता घटना हुँदैनन् । नेपाल यस्तो देश हो जहाँ उच्च पदस्थ व्यक्ति, नेता, कार्यकर्तालाई भन्दा सर्वसाधरणलाई कानुन बढि लाग्छ । यो परम्पराको अन्त्य हुन जरुरी छ । कानुनको नजरमा सबै बराबर हुन् भने नेता, कार्यकर्ताहरू किन सजायका भागिदार हुदैन्न ? सजाय भएपनि किन उनीहरूलाई अरुको भन्दा कम हुन्छ ?

हाम्रो आशा मरेको छैन् सरकार सबै भागरथी र निर्मलाहरूका बलात्कार, हत्या घटनामा संलग्न दोषीलाई चाँडोभन्दा चाँडो सार्वजनिक गरेर कानुनको दायरामा ल्याइयोस् । जसरी पनि पिँडितले न्याय पाउनु पर्छ । म कानुनी राज्य भएको देशको नागरिक हुँ, म स्वयम् पनि सुरक्षित तरिकाले बाँच्न चाहन्छु सरकार । निर्मलाहरू र भागरथीहरूले जस्तै म अकालमा ज्यान फाल्न चाहन्न । मलाई सुरक्षाको प्रत्याभुती होस् म जस्तै सबै छोरीचेलीहरू सुरक्षित तरिकाले बाँच्न चाहन्छन् । फुल्न लागेको कोपिलाहरूलाई चुडेर फाल्ने हत्याराहरूलाई मृत्यदण्ड दिने कानुन बनाइयोस् । विद्यालय जाँदा होस् या कार्यालय जहाँ जाँदा पनि हामी छोरीचेलीहरू सुरक्षित छौ, कोही कसैले केहि गर्न पाउँदैन् भन्ने वातावरण निर्माण होस् अनि मात्र निर्मला र भागरथीहरूको आत्माले शान्ति पाउनेछ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु