१० आश्विन २०७८, आईतवार

सुरलोकवासी जननी



कलम लिइकन हातमा, के लेख्न म सक्थेँ र!
सम्झना सुरलोकवासी जननीको, के छेक्न म सक्थेँ र!!

समाई पाउ मुसार्दा यसै, पोस मलाई मिल्दथ्यो कि!
पिठ्युँमै हुर्काइन उनले, थलमा कीटले पो चिल्द्थ्यो कि!!

मैले एकै गाँस मात्र के खाइदिए, आनन्द मिल्दथ्यो रे !
उताउलिएर बुर्कुसी मारे बुइगलमा, मौरीले चिल्दथ्यो रे !!

मैनबत्ती कै शिखाझैँ उनी, बल्दै बल्दै पो गइन् !
अकारण स्वजन परित्याग गरी, अलप पो उनी भइन् !!

छोरी बुहारी आमा सब बनिकन, सिद्धाश्रम प्रस्थान गरिन् !
नारी हुन जीवनदायनी लोक कि, सन्देश उनले छरिन् !!

नारी हुन् है दैवी शक्तिकि,नाश गर्दछिन् दुष्टको !
मान र मर्यादा राख्न सके उनको, रक्षा गर्दछिन् इष्टको !!

पराजय हुन सक्दछ धरा पनि, पाइनन् न्याय उनले भने !
नारीलाई निरीह सम्झनेहरु हो, राम्रो चिहान स्वयं खने।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको