१४ आश्विन २०८०, आईतवार

कर्णाली प्रदेशका मुख्य न्यायाधिवक्ताद्वारा राजीनामा



२ फागुन, सुर्खेत । कर्णाली प्रदेशका मुख्य न्यायाधिवक्ता विद्याभूषण मानन्धरले आज आफ्नो पदबाट राजीनामा दिएका छन् । मुख्य न्यायाधिवक्ता मानन्धरले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसमक्ष राजीनामापत्र पेश गरेका हुन् ।

उनी सो पदमा २०७४ साल चैत २८ गते नियुक्त भएका थिए । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सिफारिशमा मानन्धरलाई तत्कालिन प्रदेश प्रमुख दुर्गाकेशर खनालले नियुक्त गरेका थिए ।

राजनीनामा घोषणापछि मानन्धरले आफ्नो पदीय जिम्मेवारीमा रही २ वर्ष १० महिनाको ऐतिहासिक कार्यकाल सफलतापूर्वक सम्पन्न गर्न पाएकोमा गौरवान्वित महशुस गरेको बताएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् ऐतिहासिक जिम्मेवारी प्रदान गर्ने कर्णाली प्रदेश सरकारप्रति आभार प्रकट गरेका छन् । उनले आफ्नो निजी कार्यव्यस्तताका कारण आफुले सम्हाल्दै आएको जिम्मेवारीमा रहिरहन नसक्ने भएकाले पदबाट राजीनामा दिएको स्पष्ट पारेका छन् ।

२०५२ सालदेखि अधिवक्ता भएर काम थालेका मानन्धर मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतका पुनरावेदन आयोग सदस्य र नेपाल बार एसोसिएसन उच्च अदालतका सदस्य समेत रहेका छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको