१९ फाल्गुन २०७७, बुधबार

ओलीको उल्टो तर्क : संसद पुनस्र्थापना भए देश अस्थिरतातिर जान्छ !



१ फागुन, बुटवल । असंवैधानिक ढङ्गले दुई तिहाइ बहुमत प्राप्त संसद विघटन गरेर देशलाई अस्थिरतातर्फ धकेलेको आरोपमा प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध देशभर आन्दोलन चर्किरहेको छ । तर प्रधानमन्त्री ओलीले भने संसद पुनस्र्थापना भए देश अस्थिरतातिर जाने भन्दै अदालतले त्यसो नगर्ने बताएका छन् ।

नेकपा ओली समूहका अध्यक्ष समेत रहेका ओलीले शनिबार बुटवलमा आयोजित सभालाई सम्बोधन गर्दै संसदले काम नै नगर्ने अवस्था आएपछि प्रधानमन्त्रीको विशेषाधिकार प्रयोग गरेर प्रतिनिधिसभा विघटन गरेको बताए । धारा ७६ र १० को प्रधानमन्त्रीले ७६ र ७० बमोजित संसद विघटन गरेकोले त्यो संविधानसम्मवत भएको उनले दाबी थियो ।

प्रचण्ड–नेपाल पक्ष र प्रतिपक्षि दल नेपाली काङ्ग्रेसले समेत सर्वोच्चले संसद पनस्र्थापना गरेर देशलाई दुर्घटनाबाट जोगाउने दाबि गरिरहेका छन् । तर संसद पुनस्र्थापना भयो भने कुनै पनि पार्टीको बहुमत नहुने बताउदै ओलीले भने, ‘देशलाई अदालतले अस्थिरतातिर फर्काउने छैन भन्ने विश्वास छ । अब सोझै जनतामा जनादेशमा जानुपर्छ ।’

प्रचण्ड–माधव समूहको आन्दोलन र जनसहभागितालाई संकेत गर्दै उनले कसको पक्षमा जनता छन् भन्ने मतदानले प्रमाणित गर्ने बताए । उनले भने, ‘मेरो पार्टीले प्रत्यक्षतर्फ बहुमत र समानुपातिकतर्फ ५० लाख मत ल्याउछ । त्यो घटाएर देखाए भयो नि ।’

आफुले चालेको कदम संविधान सम्वत रहेको बताइरहेका ओली यतिखेर कसैका कुरा सुन्ने पक्षमा छैनन् । अब देश कता मोडिएला भन्ने संसयको निक्र्याेल सर्वोच्च अदालतको फैसलाले गर्ने निश्चित भएको छ । नेकपाको ठूलो हिस्सा, प्रमुख प्रतिपक्षि दल र अन्य पार्टीहरू र नागरिक समाज समेत ओली कदमको विपक्षमा उभिएका बेला बैशाखमा निर्वाचन हुन असम्भव प्राय छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु