१५ फाल्गुन २०७७, शनिबार

संस्कृतिविद् जोशी दम्पतीद्वारा शरीर दान गर्ने घोषणा



१ फागुन,ललितपुर । वाङ्मय शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशी र उनकी पत्नी राधादेवी जोशीले मरणोपरान्त शरीर दान गर्ने घोषणा गरेका छन् । नई प्रकाशनले ललितपुर महानगरपालिकामा शुक्रबार आयोजना गरेको कार्यक्रममा जोशीले शरीर दान गर्ने घोषणा गरेका हुन् । शरीर दान घोषणा कार्यक्रम ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनको उपस्थितिमा भएको हो ।

चिकित्सा विज्ञानको प्रयोगात्मक अध्ययनका लागि शरीर दान गर्न लागेको संस्कृतिविद् जोशीले बताए । आफ्नो शरीरको कुन अंग कुन अवस्थामा रहेछ र कसरी काम गर्दैछ भन्ने अध्ययनपछि थाहा हुने कुरा जोशीले जानकारी दिए । वैशाख ३१ गते १ सय २ वर्ष पुग्न लागेका जोशी दम्पतीले मृत्युपछि आफ्नो शरीर किस्ट मेडिकल कलेजलाई अर्पण गर्ने जनाएका छन् ।

९६ वर्षिया जोशीकी पत्नी राधादेवी बाथ रोगको समस्याका कारण हिडडुल गर्न सक्दिनन् । १ सय १ वर्षिय संस्कृतिविद् जोशी भने अहिले पनि लेख्ने, पढ्ने, हिँड्डुल गर्ने र विभिन्न सामाजिक समारोहमा समेत सरिक हुने गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु