९२ वर्षीय भियतनामी लटाधारीको ५ मिटर लामो कपाल
१० भाद्र, काठमाडौं । कारोना महामारीका कारण कपाल दाह्री काट्न नपाएर बढेको कुरा धेरै मानिसले भोगेकै कुरा हो । नेपालमा धामी झाँक्रीले लामो लटा पालेको त हामीले सुन्दै/देख्दै आएका छौं ।
तर भियतनामा पनि यस्तो हुन्छ भन्दा कमैले विश्वास गर्दछन् । भियतनामका ९२ वर्षीय बृद्ध चियानले ५ मिटर लामो कपाल ८० वर्षदेखि लगातार पालिराखेका छन् । हो चि मिन्ह सहरको ८० किलोमिटर टाढा बस्ने चियान भन्दछन्–‘म यो रौं काटे भने त मर्छु । कोर्न र धुनु पनि हुँदैन ।’ उनलाई आफ्नो कपालप्रति अगाध गर्व छ । नौ वटा शक्ति र सात भगवानमा विश्वासले उनी यस्तो कपाल पालेको बताउँछन् ।

स्कुलमा पढ्दा उनले कपाल काट्नु पर्दथ्यो । तर तीन कक्षामा नै उनले कक्षा छाडे । त्यसपछि कपाल काट्ने, कोर्ने र धुने केही पनि गर्दैनन् । उनी भगवानको वाणीका कारण यसो गरेको ठान्दछन् । उनी दुवा धर्म मान्दछन् । जुन नरिवलसँग सम्बन्धित छ । ६२ वर्षका छोराले उनको लटा व्यवस्थापन गरिदिन्छन् । उनी पनि यो काट्यो भने मरिन्छ भन्ने ठान्दछन् । तर भियतनाम सरकारको मान्यतामा भने यसलाई अन्धविश्वास मानिएको छ ।

(स्रोतः एजेन्सीको सहयोगमा)