१६ श्रावण २०७८, शनिबार

भागिरथी भट्टको न्यायको निम्ति सुर्खेतमा सडक नाटक तथा रचना वाचन



३० माघ, सुर्खेत । बैतडीमा बलात्कार गरि हत्या गरिएकी १७ बर्षिय किशोरी भागिरथी भट्टको न्यायको लागि सुर्खेतको वीरेन्द्रनगरमामा सडक नाटक प्रदर्शन तथा रचना वाचन गरिएको छ । कर्णाली अध्ययन केन्द्रको आयोजनामा शुक्रबार मध्यपश्चिमाञ्चल विश्वविद्यालय परिसरको गेट अगाडि न्यायप्रेमी युवा विद्यार्थीहरूको उपस्थितीमा उक्त कार्यक्रम गरिएको हो ।

भागिरथी भट्टको न्यायको लागि दोषीलाई छिटोभन्दा छिटो कारबाही गरियोस्, निर्मला पन्तको जस्तो हविगत नबनाइयोस् भनी निधारमा कालोपट्टी र मुखमा कालो मास्क लगाएर बलात्कारीलाई फाँसी दे भन्ने माग सहित विरोध गरेका थिए।

्देशका बालिका तथा महिलाहरूले खेपिरहेका हिंसा तथा यौन दुव्र्यवहार, बढ्दो क्रममा रहेका बलात्कारका घटना, गैर जिम्मेवारपूर्ण राज्य, राजनीति शक्ति र सत्ताले सुरक्षा गरिएका बलात्कारी, अपराधी आदि समाजको यथार्थ विषयवस्तुलाई उठान गरिएका कविता, गजल, मुक्तक, भावना वाचन गरी विरोध गरिएको थियो।

कार्यक्रममा एक दर्जनभन्दा बढी सर्जकहरुले आफ्नो रचना वाचन गर्नुका साथै २० मिनेटको सडक कथा तथा नाट्य प्रदर्शन गरिएको थियो। जसमा चेलीबेटीले खेपेका पिडा, महिला हिंसाका घटना, समाजको बलात्कारी प्रवृत्ति र संस्कार, सार्वजनिक क्षेत्रमा हेरिने महिला माथिको गिद्दे नजर तथा व्यवहार, सामाजिक सञ्जालमा गरिने दुव्र्यवहार बारे आवाज बुलन्द गरिएको थियो। उक्त कार्यक्रमको अगुवाई मिलन वि.सी., विज्ञानराज कार्की दिपेन्द्र वि. सी. लगायतले अगुवाई गरेका गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु