२१ जेष्ठ २०८०, आईतवार

कान्तिदेवी हत्यामा सम्लग्न अभियुक्त ५ दिनपछि सार्वजनिक



३० माघ, काठमाडौं । यही माघ २५ गते राति हत्या गरिएकी कान्तिदेवी कुशवाहाको हत्यारालाई बारा प्रहरीले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा महागढीमाई नगरपालिका वडा नम्बर १ कचहरिया टोलका ४२ वर्षीय लालबाबुप्रसाद कुशवाहा र धनेश्वरीदेवी कुशवाहा रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताए ।

घटनास्थलबाट प्राप्त वस्तुको आधारमा प्रहरी नायब उपरीक्षक मिश्रको नेतृत्वमा बनेको नौ सदस्यीय छानबिन समितिले ३२ जनालाई नियन्त्रणमा लिएको थियो । तिमध्येबाट पक्राउ परेका लालबाबु र धनेश्वरीलाई सार्वजनिक गरिएको प्रहरी उपरीक्षक दीपेन्द्र शाहीले जानकारी दिए ।

(रासस)


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको