४ आश्विन २०७८, सोमबार

डोल्पाली युवा प्रेम बोहराको कृति ‘कोग्ले’ को विमोचन



३० माघ, काठमाडौं । डोल्पाली युवा लेखक प्रेम बोहराको कृति ‘कोग्ले’ को विमोचन गरिएको छ । काठमाडौंमा शुक्रबार आयोजित विमोचन कार्यक्रममा मदन पुरस्कारबाट सम्मानित लेखक राधा पौडेल, राजनीतिज्ञ प्रशान्त सिंह, कवि प्रणिका कोयूले संयुक्त रूपमा बोहराको कृति ‘कोग्ले’ सार्वजनिक गरेका हुन् ।

कर्णालीमा बसेर लामो समय काम गर्नु भएकी लेखक राधा पौडेलले बोहराको कृतिले कर्णाली र डोल्पालार्इ नजिकबाट जान्नका लागि योगदान दिएको बताइन । कर्णालीमा अध्ययन तथा लेखन संस्कृतिको कमी रहेका अवस्थामा एक युवा लेखकको संख्या बढेकोमा खुशी व्यक्त गरिन ।

पुस्तकका लेखक बोहराले संस्मरणात्मक कृति ‘कोग्ले’ भित्र आफू हुर्कदै जाँदा बाल्यकालका रमाईला किस्सा, विद्यालय पढ्नका लागि गरेका सङ्घर्ष, एसएलसीपछि शहरमा रुमलिएको, शहरबाट हेर्दा देखिएको कर्णालीको चित्र र आफूले चिहाएको संसारको बारेमा चर्चा गरे ।

पुस्तकका बारेमा बोहराले थपे– ‘पुस्तक आफू, आफ्नो ठाउँ र वरिपरिका कुराहरुलाई हेर्ने दृष्टि अर्थात् नजरमा परिवर्तन ल्याउँदा कति फरक पर्दोरहेछ भन्ने अनुभूतिको कथा हो । बाल्यकालमा नपाएको अवसरको धोको फेर्न गरिएको प्रयासको कथा र भविष्यमा डोल्पा कस्तो हुन सक्छ भनि देखेको सपनाको दस्तावेज पनि हो ।’

डोल्पाको माझफालमा जन्मिएका बोहरा सामाजिक अभियन्ता हुन् । उनी सन् २००८ देखि शिक्षा नेपालका संस्थापकका रूपमा सामाजिक काममा संलग्न छन्। कर्णाली समाजका अध्यक्ष समेत रहेका बोहरा पछिल्लो समय राजनीतिमा समेत सक्रिय छन् । उनको संस्मरणात्मक कृति ‘कोग्ले’ सांग्रीला बुक्सले प्रकाशित गरेको हो ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको