४ आश्विन २०७८, सोमबार

सर्वोच्चबाट फैसला आएको १० मीनेटभित्र राष्ट्रपति र प्रधामन्त्रीले राजिनामा दिनुपर्छ : नेतृ झाँक्री



३० माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव नेपाल समूहकी प्रभावशाली युवा नेतृ रामकुमारी झाँक्रीले सर्वोच्चले संसद पुर्नस्थापना गरेको दश मीनेटभित्र राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामा दिनुपर्ने बताएकी छिन् । पूर्णत प्रतिगामी ढङ्गले गरिएको संसद विघटनलाई संविधानका कुनै पनि धारा–उपधारले मान्यता नदिने बताउदै नेतृ झाँक्रिले सम्मानित अदालतबाट संसद पुर्नस्थापना हुने दाबी गरेकी हुन् ।

बिहिबार प्रहरीको गिरफ्तारीमा परेर करिब ५ घण्टापछि रिहा भएकी झाँक्रिले अलिकति नैतिकता बचेको छ भन्ने राष्ट्रपति र प्रधानमन्त्रीले सर्वोच्चको फैसालसँगै तत्काल राजिनामा दिनुपर्ने बताएकी हुन् । उनले भनिन्, ‘सर्वोच्चको फैसलासँगै नैतिकताले उहाँहरू दुबैले तत्काल राजिनामा दिनुपर्छ । हैन भने नैतिक हरामहरूलाई घोक्राएर निकाल्छौं ।’

उनले ओली निकट महिला संघले दिएको उजुरीका आधार आफुलाई गिरफ्तार गरिएको भनिए पनि मुलत प्रधानमन्त्री ओलीको ठाडो आदेशमा पक्राउ गरिएको आरोप लगाएकी छिन् । उनले आफुलाई ५ घण्टा गिरफ्तार गर्दा देश नै जुरूक्कै उठेको बताउदै प्रधानमन्त्री ओलीलाई प्रचण्ड र माधव नेपाललाई छोएर देखाउन चुनौति दिएकी छिन् ।

उनले नहुने चुनाव गरेर दुई तिहाई बहुमत ल्याइदिन्छौं भन्ने ओलीलाई जनताले बडारिदिने बताउदै २ सीट पनि जित्न गाह्रो पर्ने स्पष्ट पारेकी छिन् । उनले भनिन्, ‘हुँदाखाँदाको दुइतिहाई बहुमतलाई कुल्चिएर जनमतमाथि घात गर्ने ओलीलाई जनताले कुनैपनि हालतमा माफि दिनेवाला छैनन् ।’

(स्रोतः टेलिभिजन कार्यक्रम ‘जनता जान्न चाहान्छन्’)


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको