१५ फाल्गुन २०७७, शनिबार

हातमा साङ्लो बाँधेर संसद विघटनको विरोधमा उत्रिए स्रष्टा



३० माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनविरूद्ध हातमा साङ्लो बाँधेर स्रष्टाहरूले राजधानीमा शुक्रबार प्रदर्शन गरेका छन् ।

‘सबैखाले प्रतिगमनका विरूद्ध, निरन्तर अग्रगमनको पक्षमा श्रष्टा आन्दोलन’ नाम दिइएको प्रदर्शन भृकृटीमण्डपबाट सुरु भइ बसन्तपुरसम्म पुगेको थियो ।

साहित्य, गीत, संगित र रगमञ्चका स्रस्टाहरूको सहभागिता रहेको प्रदर्शनमा मण्डला थियटरका कलाकारले हातमा साङ्लो बाँधेर प्रदर्शन गरेका थिए । उनीहरूले सरकारी पक्षबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित पार्न खोजिएको भन्दै त्यसको विरोधमा हातमा साङ्लो बाँधेर प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागी स्रष्टाले विभिन्न कविता र कृतिका सान्दर्भिक पङ्ति लेखिएका प्लेकार्डहरू बोकेका थिए ।

बामपन्थी र प्रजातान्त्रिक दुबै खेमाका स्रस्टाहरू सहभागी प्रदर्शनमा आहुति, निनु चापागाईँ, राजन मुकारुङ, नारायण वाग्ले, हरिगोविन्द लुइँटेल, दयाहाङ राई, भोलाराज सापकोटालगायतको सहभागिता थियो ।

प्रदर्शन बसन्तपुर कोणसभामा परिणत भएपछि विभिन्न स्रष्टाहरूले विषयबस्तुमा रहेर मन्त्वय र कविता बाचन गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु