२१ जेष्ठ २०८०, आईतवार

रामकुमारी झाँक्रिलाई बिनासर्त तत्काल रिहा गर्न प्रचण्ड–नेपाल समूहको माग



२९ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले केन्द्रीय सदस्य रामकुमारी झाँक्री पक्राउको विरोध गर्दै तत्काल रिहाइको माग गरेको छ ।

प्रचण्ड–माधव समूहले राष्ट्रपतिबारे गरिएको राजनीतिक आलोचनालाई राज्यविरुद्धको कसुर देख्नु गम्भीर दृष्टिभ्रम, पूर्वाग्रह र स्वेच्छाचारिता भएको बताउदै झाँक्रिको रिहाइको माग गरेको हो ।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको खिल्ली उडाउँदै गरिएको यस गिरफ्तारीले वर्तमान सरकारको घोर अलोकतान्त्रिक, निरंकुश र सर्वसत्तावादी चरित्रलाई उदांगो पारेको छ ।’

लोकतन्त्रमा राजनीतिमा संलग्न कुनै पनि व्यक्ति वा संस्था आलोचनाभन्दा माथि हुन नसक्ने भन्दै श्रेष्ठले रामकुमारी पक्राउको घोर निन्दा तथा भत्सना गरेका छन् । साथै झाँक्रीलाई निःशर्त र अविलम्ब रिहा गर्न माग समेत गरेका छन् ।

विज्ञप्ति पढ्नुहोस् :


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको