६ आश्विन २०८०, शनिबार

चेन्दुमा रहेको दुतावास बन्द गर्न चीनले अमेरिकालाई दियो ७२ घण्टे अल्टिमेटम



१० साउन, काठमाडौं । अमेरिकाले ह्युज्टनमा रहेको चिनिया वाणिज्य दुतावास बन्द गर्न दिएको अल्टिमेटम नसकिंदै चीनले पनि चेन्दुमा रहेको अमेरिकी दुतावास बन्द गर्न निर्देशन दिएको छ । चिनिया सरकारले अनुमान भन्दा फरक निर्णय गर्दै चेन्दु बन्द गर्न निर्देशन दिएको हो ।

चिनिया ग्लोवल टाइम्सले ८३००० पाठक माझ गरेको सर्वेक्षणमा ६६ प्रतिशत उत्तरदाताले हङकङ र मकाउमा रहेको अमेरिकी दुतावास बन्द गर्न आफ्नो अभिमत दिएका थिए । करिव १८ प्रतिशतले ग्वाङ्झाओ र ७ प्रतिशतले चेन्दु दुतावास बन्द गर्नुपर्ने राय दिएका थिए । ग्लोबल टाइम्स्ले कुटनीतिक जवाफमा अमेरिकाको हङकङ दुतावास बन्द गर्नु पर्नेमा जोड दिएको थियो ।

चीनले पनि दुतावास बन्द गर्न ७२ घण्टे अल्टिमेटम दिएपछि यसले दइवटा संकेत दिएको देखिन्छ । अमेरिकी हरेक आक्रमणको प्रतिरोध गर्न चीन तयार छ भन्ने संकेत एकापट्टी दिएको छ भने अर्काेपट्टी चीनले दुइपक्षीय सम्बन्ध विगार्ने गरी अग्रकदम नचाल्ने संकेत पनि दिएको छ । यसले चिनिया सरकार आफ्ना जनताको कडा कदम लिनु पर्ने राष्ट्रवादी अभिमत भन्दा अझै सुझबुझ गरेर कुटनैतिक ढंगले नै अघि बढ्ने मनसाय राखेको देखिन्छ ।

बौद्धिक सम्पत्ति र सुचनाको रक्षा गर्न अमेरिकाले ३ दिन अर्थात् ७२ घण्टाभित्र टेक्सासको ह्युजटनमा रहेको महावाणिज्य दूतावास बन्द गर्न चिनलाई निर्देशन दिएको थियो ।
निकै छोटो समय भित्र दूतावास बन्द गर्ने अमेरिकाको एकपक्षिय निर्णय पछिल्लो समय चालिएका कदमको विस्तारित रुप भएको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनविनले बताएका छन् । प्रवक्ता वेनवीनले चिनियाँ कुटनितिज्ञ र महावाणिज्य दूतावासका कर्मचारीलाई अमेरीकाले अभद्र व्यवहार गरेको आरोप समेत लगाएका छन् ।

ह्युजटन वाणिज्य दुतावासका लागि चिनिया दुत काइ उइले अमेरिकाले सबै भन्दा पहिले साँचो बोल्न सिक्नु पर्ने र आफुहरुले गल्ति गरेको भए प्रमाण दिन चुनौती दिएका छन् ।
४० वर्षको इतिहासमा अमेरिका र चीन बीचको कुटनीतिक सम्बन्ध सबैभन्दा तल्लो विन्दूमा झरेको मानिन्छ । यो परिघटना अमेरिका र चीनबीचको व्यापार र प्रविधि होडबाजीका साथै दक्षिण चीन समुद्रमा देखिएको भूराजनीतिक तनावकै अर्काे पटाक्षप हो ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको