१९ फाल्गुन २०७७, बुधबार

प्रचण्ड-नेपाल समूहले फेरी शक्ति प्रदर्शन गर्दै, काठमाडौंमा २ लाख कार्यकर्ता उतार्ने दाबी



२८ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अप्रत्यासित रूपमा संसद भङ्ग गरेपछि आन्दोलनमा उत्रिएको नेकपा प्रचण्ड–माधव समूहले आज फेरी काठमाडौंमा शक्ति प्रदर्शन गर्ने भएको छ ।

पुल्चोक, माइतीघर मण्डला, केशरमहल, त्रिपुरेश्वर र जमलबाट जुलुस पार्टीका शिर्ष नेताहरूको नेतृत्वमा जुलुस निकालिने छन् । प्रचण्ड–माधव नेपालको नतृत्वमा सुनधाराबा सुरू हुने मुख्य र्याली भृकुटीमण्डपमा पुगेर सभामा परिणत हुने हुनेछ ।

भृकुटीमण्डपमा हुने विरोधसभालाई अध्यक्ष प्रचण्डसहितका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

विरोधसभामा सहभागी हुन विभिन्न जिल्लाबाट नेता कार्यकर्ताहरू काठमाडौं आइसकेका छन् । संसद् विघटनविरुद्ध तेस्रो चरणको आन्दोलन गरिरहेको यो समूहले आजको जनप्रदर्शन निर्णायक हुने भन्दै दुई लाख कार्यकर्तालाई उतार्ने दाबी सो समूहले गरेको छ ।

शक्ति प्रदर्शनको पूर्वसन्ध्यामा स्वयंसेवकहरुले काठमाडौंमा मार्चपास गरेका थिए ।

यसअघि प्रचण्ड–माधव समूहले पुस १४ र माघ ९ मा पनि काठमाडौंमा जनप्रदर्शनसहित विरोधसभा गरेको थियो । अझैपनि आन्दोलनका कार्यक्रम निरन्तर अघि बढ्ने प्रचण्ड–नेपाल समूहले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु