१५ फाल्गुन २०७७, शनिबार

इन्डोनेसियामा अनौठो बाढी, रगतजस्तै पानीले डुब्यो गाउँ !



२७ माघ, काठमाडौं । इन्डोनेसियाको एउटा गाउँमा केही दिनअघि अनौठो बाढी आयो । त्यो बाढीको पानी धमिलो थिएन बरू रगत मिसिएजस्तो रातो थियो ।

जाभा प्रान्तमा पर्ने जेंगगट गाउँका सडक र अरू संरचना रातो पानीले डुबेपछि मानिसहरू आश्चार्यमा परे । यस्तो पानी कहाँबाट आयो भनेर सामाजिक सञ्जालमा पनि निकै चर्चा भयो ।

पछि थाहा भयो बाढीको पानी सबैभन्दा पहिला कपडामा रङ लगाउने एउटा फ्याक्ट्रीमा पसेको रैछ । त्यही पानी गाउँमा चारैतिर फैलियो अनि सबै पानी राताम्ये भयो ।

यो गाउँ परम्परागत र आधुनिक डाइका लागि प्रसिद्ध छ । यसअघि पनि उक्त गाउँका नदीमा पानीको रङ बदलिने गथ्र्यो । गत महिना एउटा अर्को गाउँमा नदीको पानी हरियो भएको थियो ।

इन्डोनेसियाका धेरै भू–भाग वर्षेनी बाढीको चपेटामा पर्ने गर्छन् ।

(स्रोतः एजेन्सी)


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु