२१ जेष्ठ २०८०, आईतवार

ताप्लेजुङ केन्द्रविन्दु बनाएर बिहानै ५.४ रेक्टर स्केलको भूकम्प



२७ माघ, काठमाडौं । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ७ ओलाङचुङगोला केन्द्रविन्दु बनाएर ५.४ रेक्टर स्केलको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मंगलबार बिहान बिहान ७ बजेर ३५ मिनेट जाँदा ५.४ रेक्टरस्केलको भूकम्प गएको हो ।

भूकम्प गएको ठाउँ नेपाल र चीनको सीमा क्षेत्रमा पर्छ । ताप्लेजुङ सदरमुकाम फुङलिङ्मा समेत भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्प गएपछि स्थानीयबासी डराउँदै घर बाहिर निस्किएका थिए ।

भूकम्पको कारण कुनै क्षतिको विवरण भने अहिलेसम्म प्राप्त नभएको स्थानीय प्रशासनले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको