१८ फाल्गुन २०७७, मंगलवार

१७ वर्षीया भागरथीको बलात्कार पछि घाँटी थिचेर हत्या भएको खुलासा !



२६ माघ, काठमाडौं । विद्यालयबाट घर फर्किने क्रममा बैतडीको दोगडाकेदार नगरपालिका वडा नम्बर ७ मा गत बुधबार १७ वर्षीया भागरथी भट्ट मृत अवस्थामा फेला परिन् ।

पोष्टमार्टम रिपोर्टमा बालिका भट्टको बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको पाइएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख उत्तमराज सुवेदीले बताएका छन् ।

प्रहरी नायब महानिरीक्षक सुवेदीले भने, ‘सोमबार नै उनको बलात्कार भएको लिखित रिपोर्ट आइसकेको अवस्थामा पोष्टमार्टम रिपोर्टले बलात्कारपछि हत्या भएको देखिएको छ ।’

प्रहरीलाई दिइएको रिपोर्ट अनुसार भट्टको यौनाङ्गमा पनि गहिरो चोट लागेको छ भने टाउको र हातमा पनि चोट देखिएको छ । शरीरको विभिन्न भागमा स–साना दागहरु पनि देखिएका छन् । अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने, ‘शव भेटिए वरपरको स्थानमा झाडी मडारिएकाले उनलाई घिसारिएको हुनसक्ने बलियो सङ्केत भेटिएको छ ।’

सनातन धर्म माध्यमिक विद्यालयको कक्षा १२ मा पढ्ने भट्ट बुधबार साँझसम्म घर नफर्किएपछि आफन्तले प्रहरी र छिमेकी गुहारेका थिए । भट्ट विद्यालयबाट घर फर्किने बाटोमा बिहीबार बिहान मुख्य सडकबाट ५० मिटर टाढा शव भेटिएको थियो । यो बैतडी सदरमुकामबाट डेढ घन्टाको दुरीमा पर्ने ठाउँ हो ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु