जिवन शाहीको निर्देशनमा ‘के राख्या छ जातमा’ गीतको भिडियो सार्वजनिक
२६ माघ, काठमाडौं । जिवन शाहीको निर्देशनमा जातीय अन्धविश्वास झल्किने ‘के राख्या छ जातमा’ गीतको भिडियो सार्वजनिक भएको छ । सन्तोष बराइलिको संगीत र स्वर रहेको गीत गत शुक्रबार ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको हो ।
‘के राख्या छ र जातमा’ बोलको गीतलाई गोविन्द फुयालले लेखेका हुन् । उदयराज पौडेलको संगित संयोजनमा गायक बरायलीको स्वरले गीतका शब्दहरू अर्थपूर्ण बनेका छन् ।
गीतको भिडियोमा उषा उप्रेती, सुरवीर पण्डित, दिनेश थापा, मनोज ओलिलगातको अभिनय हेर्न सकिन्छ । राम कुमार केसिको छायाँकन रहेको गीतको भिडियो सम्पादन टेकेन्द्र शाहले गरेका हुन् ।
गीतमा मानिसहरू सबै एकै हुन्, सानो ठुलो जात भन्ने हुदैन, तथाकथित ठुलो जातले सानो जातसँग विहेबारी गर्नु हुदैन भन्ने सामाजिक कुसँस्कारको अन्त्य गर्नुपर्छ भन्ने सन्देश दिइएको छ ।
भिडियो हेर्नुहोस् :