१४ फाल्गुन २०७७, शुक्रबार

१२ लाखको चिनियाँ अवैध मदिरा ‘झिनिगिन्टी’ बरामद गरी नष्ट



२५ माघ, हुम्ला। हुम्लाको याँचु प्रहरी चौकीले करिब १० लाख बराबरको चिनिया मदिरा ‘झिनिगिन्टी’ बरामद गरेको छ ।

चिनसँगको उत्तरी नाका बन्द भए पनि पटक–पटक चिनीयाँ अवैध मदिरा जिल्लाका विभिन्न स्थानबाट बरामद हुनुले हुम्लामा अवैध कारोवारको लागि वैदेशिक नाका बन्द हुँदैन कि भन्ने आशङ्का पैदा गरेको छ । अवैध चिनियाँ मदिराको बरामदले आम्दानीको राम्रोे स्रोत मानिएको मदिराको ब्यापक कारोवार भएको पुष्टी गरेको छ ।

राति तीन बजेतिर खार्पुनाथ गाउँपालिकाको खार्पु प्रहरी चौकीले १९ खच्चरमा बोकाएको एक सय दश कार्टुन ‘झिनिगिन्टी’ बरामद गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नावय उपरिक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिए ।

पछिल्लो समय यति धेरै मात्राको चिनियाँ मदिरा बरामद हुनुले जिल्लामा यस्ता अवैध ब्यापार गर्नेहरू प्रहरीको निगरानी बाहिर नभएको पुष्टी गरेको छ । १ हजार ३ सय २० वोतल ‘झिनिगिन्टी’को गाउँघरको बजार मुल्य प्रति बोतल ९ सयका दरले करीब १२ लाख बरामद गरी नष्ट गरिएको छ ।

यो मदिरा खार्पुनाथ गाउँपालिका वडा नम्बर १ लालीका ३८ वर्षी धिरेन्द्र शाहीको रहेको प्रहरीले जनाएको छ । रात्तीको समयमा १९ खच्चरमा बोकाएर लिँदै गरेको अवस्थामा मदिरासहित शाही प्रहरीले पक्राउ गरेको थियो ।

हुम्लाको तिब्बती नाकाहरू हिल्छा, किट, लाप्चा, चुँवा खोला र टाँके लगायत वैध तथा अवैध नाका प्रयोगगरी ल्याइएको १५ हजार कार्टुन रक्सी गाउँघरमा अझै रहेको स्थानीयहरुबाट जानकारी प्राप्त भएको छ । रातिको समयमा एक गाउँबाट अर्को गाउँमा खच्चरमा बोकाएर यसरी नै मदिराको ओसार पसार हुन थालेपछि प्रहरीले निगरानीमा कडाइ गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु