२० जेष्ठ २०८०, शनिबार

कर्णाली प्रदेशको दैलेख जिल्ला कोरोना सङ्क्रमण मुक्त



२५ माघ, काठमाडौं । कर्णाली प्रदेशको दैलेख जिल्ला रेड जोनबाट ग्रीन जोनमा प्रवेश गर्दै अन्ततः कोरोना सङ्क्रमण मुक्त भएको छ ।

कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र दैलेखले शनिबार एक सूचना जारी गर्दै जिल्ला कोरोना सङ्क्रमण मुक्त भएको जानकारी गराएको हो ।

दैलेखमा हालसम्म ११ हजार २ सय २२ जना व्यक्तिहरूको पिसिआर परीक्षण गरिएकोमा १४ सय ९८ जना लाई कोरोना भाइरस संक्रमण देखिएको थियो । जसमध्ये १४९२ जना व्यक्तिहरुले उक्त भाइरसलाई पराजित गरी सङ्क्रमणमुक्त भइसेकेका छन् । सङक्रमितमध्ये ६ जना व्यक्तिहरूले ज्यान गुमाए ।

विश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाइरस संक्रमणको उपचार, रोकथाम र नियन्त्रणका लागि दिनरात खटिई जिल्लालाई संक्रमणमुक्त बनाउन योगदान दिने स्वास्थ्यकर्मीहरू, सुरक्षाकर्मीहरू, आम नागरिक तथा सम्बद्ध सबैलाई प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनारले आभार प्रकट गरेका छन् । उनले नेपाल सरकारबाट कोरोना भाइरसको खोप अभियान सञ्चालन भइरहेको र संक्रमणको जोखिम अझै यथावत रहेकाले आवश्यक स्वास्थ्य सतर्कता अपनाउन सम्पूर्ण जिल्लावासीलाई आग्रह गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको