२३ फाल्गुन २०७७, आईतवार

कोरोना सङ्क्रमणका कारण जर्मनीमा ६० हजारको मृत्यु



२३ माघ, काठमाडौं । जर्मनीमा अहिलेसम्म ६० हजारभन्दा बढी कोरोना भाइरस सङ्क्रमितको मृत्यु भएको त्यहाँको रोबर्ट कोच इन्स्टिच्युटले शुक्रबार जानकारी गराएको छ । इन्स्टिच्युटका अनुसार विगत २४ घण्टामा मृत्यु हुने कोभिड सङ्क्रमितको सङ्ख्या ८५५ रहेको र अहिलेसम्म कूल ६० हजार ५९७ व्यक्तिले महामारीबाट ज्यान गुमाएका छन् ।

उक्त अवधिमा जर्मनीमा सङ्क्रमितको सङ्ख्या १२ हजार ९०८ रहेको छ भने अहिलेसम्म कोभिड सङ्क्रमित भएका विरामीको सङ्ख्या २२ लाख ६४ हजार ९०९ पुगेको छ । जर्मनीमा महामारी सुरू भएपछि अहिलेसम्म २० लाख व्यक्ति कोभिड–१९ सङ्क्रमणमुक्त भएका छन् ।

विश्व स्वास्थ्य संगठनले गत वर्षको मार्च ११ मा कोभिड–१९ को सङ्क्रमणले विश्वव्यापी महामारीको रूप लिएको घोषणा गरेको थियो ।

अहिलेसम्म विश्वभर १० करोड ४० लाख ८० हजार व्यक्ति सङ्क्रमित भइसकेका छन् । विश्वभर २२ लाख ८० हजार सङ्क्रमित व्यक्तिको मृत्यु भइसकेको छ ।

(रासस)


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु