१६ मंसिर २०७८, बिहीबार

संवैधानिक आयोगमा नियुक्ति बदरको माग गर्दै सभामुखले हाले सर्वोच्चमा रिट



२३ माघ, काठमाडौं । सभामुख अग्नि सापकोटाले संवैधानिक आयोगमा नियुक्ति बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् ।

सभामुख सापकोटाले रिट लिएर सर्वोच्च अदालतमा दर्ता गरिसकेको उनका प्रेस संयोजक श्रीधर न्यौपानले जानकारी दिए ।

यसअघि नै प्रधानमन्त्रीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश गैरसंवैधानिक भएको टिप्पणी गरेका सभामुख सापकोटाले अन्तत रिट नै दर्ता गरेका हुन् । उनले संवैधानिक अंगका प्रमुख र सदस्यहरूको सपथ ग्रहण समेत बहिष्कार गरेका थिए ।

संसदीय सुनुवाइका लागि संसद सचिवालयमा दर्ता भएको संवैधानिक परिषद्को पत्र सहितका विवरण समेत समिति नभएको उल्लेख गर्दै उनले फिर्ता गरिदिएका थिए । प्रधानमन्त्री ओलीले अकस्मात संसद विघटन गरेपछि सभामूख सापकोटाले लिखित रूपमै प्रधान्त्रीको कदम असंवैधानिक भएको टिप्पणी समेत गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको