१० आश्विन २०७८, आईतवार

गर्भवती महिलालाई खार्पुनाथ गाउँपालिकाको ‘घरदैलो निम्तोपत्र’



समर हुम्ली

२३ माघ, काठमाडौं । हुम्लाको खार्पुनाथ गाउँपालिकाले सुरक्षित मातृत्व र प्रसुतिका लागि घरदैलो निम्तोपत्र लागु गरेको छ । गर्भवती महिलाहरू भएको घरमा सन्देशमुलक जानकारी सहितको निम्तोपत्र प्रदान गर्दै चेकजाँच गर्नका लागि अनुरोध गर्न थालिएको हो ।

हुम्लाका गाउँघरमा अझै पनि घरमा नै प्रसुति गराउने र चेकजाँचका लागि नजिकैको स्वास्थ्य केन्द्र पुग्न पनि कन्जुस्याइँ गर्ने चलन कायमै छ । यसबाट वर्षेनी गर्भवती आमा तथा बच्चाले अकालमा ज्यान गुमाउँदै आएका छन् ।

हुम्लाको खार्पुनाथ गाउँपालिकाले गर्भवती महिला र बच्चाको स्वास्थ्यलाई सुरक्षित राख्नका लागि घर–घरमा सन्देशमूलक निम्तोपत्रसहित सुरक्षित मातृत्वको बारेमा जानकारीमूलक सन्देश पठाउने गरेको खार्पुनाथ गाउँपालिका का स्वास्थ्य इन्चार्ज बलीराज शाहीले जानकारी दिएका छन् ।

पछिल्लो सकय गाउँपालिकाभरीका महिलाहरू अनिवार्य रूपमा नजीकैको स्वास्थ्य केन्द्रमा चेकजाँचका लागि आउने क्रम बढ्न थालेको छ । स्वास्थ्यकेन्द्रमा चार, छ, आठ र नौ महिनामा अनिवार्य गर्भ जाँच गर्न आग्रह गरिएको छ ।

हालसम्म खार्पुनाथ गाउँपालिकाका स्वास्थ्य केन्द्रहरूमा १०१ जना गर्भवती आमाहरूले सुरक्षित सुत्केरी सेवा लिएका छन् । यो क्रम दिनप्रति दिन बढ्दै गएको छ । पछिल्लो समय नयाँ र केही गरौं भन्ने स्वास्थ्य कार्यकर्ताहरूलाई गाउँघरमा नै बसेर आफुले सोचे जस्तो सिर्जनशील काम गर्न सहज भएको इन्चार्ज शाहीको अनुभव छ ।

गर्भवती आमाहरू स्वास्थ्य केन्द्रमा आएर चेकजाँच गर्दा विभिन्न प्रकारका सेवा सुविधाहरू पाउनुका साथै आमा र जन्मने बच्चा पनि सुरक्षित हुने देखिएको छ । यसका साथै स्वास्थ्य सचेतना घर–घरमा पुुग्न सजीलो भएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको