१५ फाल्गुन २०७७, शनिबार

मुखैमा झुन्डिने धर्मेन्द्रको गीतले युवा पुस्ताको ‘ज्यानै खायो’ (भिडियोसहित)



२२ माघ, काठमाडौं । चर्चित युवा गायक धर्मेन्द्र सेवानको रोमान्टिक शैलीको नयाँ गीत ‘माया मारेर’ले दर्शकको मन जित्न थालेको छ । उनको आफ्नै आधिकारिक युट्युव च्यानलबाट गत माघ ८ गते सार्वजनिक गरिएको गीतको भिडियोलाई करिब २ हप्तामै ३ लाख ५० हजार बढि दर्शकले हेरिसकेका छन् ।

आफैले सिर्जना गरेका शब्दहरूमा धर्मेन्द्रले आफै भाव सुहाउदो संगीत भरेका छन् । सन्जल बिटु भण्डारीको संगीत संयोजनमा धर्मेन्द्रको गायकी मात्र होइन अभिनय पनि गज्जवले खुलेको छ । उनीसँगै गीतको भिडियोमा जिवेश सिंह गुरूङ र आमु लामाको रमाइलो अभिनय समेत हेर्न सकिन्छ ।

पछिल्लो समय गीत प्रमोशनको गतिलो माध्यम बनेको सामाजिक सञ्जाल टिकटकमा पनि गीत निकै रूचाइएको छ । ‘ज्यानै खायो त्यही मोरीको मायाले’ गीतको क्लिपमा बनाइएका विभिन्न शैलिका भिडियोहरू हामी टिकटकमा हेर्न सक्छौं । रारापाटीसँग कुरा गर्दै गायक सेवानले गीतको क्लिपमा २ लाख १० हजार भन्दा बढि टिकटक भिडियो बनिसकेको बताए । उनले भने, ‘जापनिजहरूको एसियन डान्सर्स टिकटक ग्रुपले पनि यो गीतको क्लिपमा भिडियो बनाएको देखेर अनौठो प्रकृतिको खुशी लागेको छ ।’

सञ्जित श्रेष्ठको छायाँकन र विजेश पौडेलको सम्पादन रहेको गीतको भिडियो निर्देशन छेवाङ लामाले गरेका हुन् ।

भिडियो हेर्नुहोस् :


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु