१९ फाल्गुन २०७७, बुधबार

आमहड्तालको पक्षमा सडक ओर्लिए कर्णालीका मन्त्रीहरूसहित मुख्यमन्त्री



२२ माघ, सुर्खेत । नेपाल कम्युनिस्ट पार्टी (प्रचण्ड–माधव) समुहले बिहिबार गरेको देशव्यापी आमहड्तालका पक्षमा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र अन्य दुई जना मन्त्री सडकमा ओर्लिएका छन् ।

असंवैधानिक रूपमा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन विरुद्ध नेकपा (प्रचण्ड–माधव) समूहले आह्वान गरेको आमहड्ताललाई समर्थन गर्दै बिहीबार दिउँसो प्रदेश राजधानी वीरेन्द्रनगरको मंगलगडी चोकमा पुगेका हुन् ।

आमहड्तालमा एक्यवद्धता जनाउन मुख्यमन्त्री शाहीसहित प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बिमला के.सी. र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा सडकमै पुगेका हुन् ।

सुर्खेतको मंगलगढी चोकमा पुगेका मुख्यमन्त्री शाहीले प्रधानमन्त्री ओलीद्वारा असंवैधानिक रूपमा गरिएको संसद विघटन र संवैधानिक निकायमा गरिएको गैर कानुनी नियुक्तिको सपथ ग्रहणका विरुद्ध आफूहरू पनि सडकमा आउन बाध्य भएको बताए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु