२० फाल्गुन २०७७, बिहीबार

असल कम्युनिस्टले जनताका हितलाई वेवास्ता गरी दुनियाँ हसाउने काम गर्नु हुदैनः सि.पी. घर्ती मगर



विकास, निर्माण, स्वास्थ्य, शिक्षा र कोरोना महामारीका सन्दर्भमा कर्णाली प्रदेशको दुर्गम जिल्ला जाजरकोटको भेरी नगरपालिकाका प्रमुख सि.पी. घर्ती मगरसँग रारापाटी डटकमका सम्पादक जोसेफ शाहीले गरेको अन्तरवार्ता ।

कोरोना महामारीका कारण विश्व अर्थतन्त्र नै धरासयी भएको छ । विशेषगरी तपाईँले नेतृत्व गरिरहेको भेरी नगरपालिकाका विकास निर्माणका कामहरूलाई कसरी अगाडि बढाइरहनु भएको छ ?

कोरोना महामारीका अगाडि ठुला ठुला विकसित मुलुकहरू पनि घुडा टेक्न बाध्य छन् । त्यसमाथि हाम्रो जस्तो गरिव मुलुक जो भर्खरै केन्द्रिकृत शासन प्रणालीबाट संघीयतामा प्रवेश गरी कार्यान्वयन गराउने प्रारम्भिक चरणमा अगाडि बढिरहेको बेला यस्तो डरलाग्दो रोग आइदिएपछि अर्थतन्त्र अकल्पनीय रूपमा धरासयी भएको छ । यसका कारण ३ वटै तहका सरकारहरू प्रभावित भएको अवस्थामा स्वभाविक रूपमा जाजरकोटको मेरो भेरी नगरपालिका पनि प्रभावित भयो ।

सुरूसुरूमा त विश्व स्वास्थ्य सङ्गठन र हाम्रो स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेका विभिन्न स्वास्थ्य मापदण्डहरूलाई पालना गरेर अगाडि बढ्ने भनियो । तर पछि विकास निर्माणका कामहरू धेरै रोक्नुहुन्न भन्ने भएपछि स्वास्थ्य मापदण्ड अपनाई भौतिक दूरी कायम गरेर पूर्वाधार निर्माण कार्यलाई अगाडि बढायौँ ।

मेरो नगरपालिकाका १३ वटा वडाहरू छन् । बितेका नगरसभाहरूले ती वडामा विभिन्न योजनाहरूमा विनियोेजन गरेको रकमको अधिकतम सदुपयोग गर्नेगरी स्थानीयवासी र स्थानीय प्रशासनको सहयोगमा हाम्रो नगरपालिकाले काम अगाडि बढाउँदा धेरै विकास निर्माणका कामहरूले पूर्णता पाएका छन् । तर जुन रफ्तारमा भेरी नगरपालिकाले काम अगाडि बढाएको थियो त्यो रफ्तारको गति भने रोकियो । जसको कारण हाम्रा महत्वाकाँक्षी योजनाहरू परा गर्न सकिएन । स्थानीय तहमा नगरपालिकामा संघ र प्रदेश सरकारबाट सशर्त र निशर्त बजेट आउँछ । निशर्त बजेट काम हुन नसकेको अवस्थामा पनि स्थानीय सरकारको कोषमा जम्मा हुन्छ । तर सशर्त बजेट जुन संघीय सरकारले हामीलाई विनियोजन गरेको हुन्छ त्यो काम नभएको खण्डमा पुनः संघ सरकारमै फिर्ता हुन्छ । कोरोनाको अवरोधका कारण हाम्रो नगरपालिकाको केहि सशर्त बजेट फिर्ता भयो जुन आफैमा निकै दुःखद विषय हो । तर हामीले बजेटको दुरूपयोग हुन भने दिएनौं ।

कर्णालीको एउटा विकट जिल्लाको नगरपालिकामा स्वभाविक रूपमा स्वास्थ्य सेवा र आवश्यक पूर्वाधारका अभाव त हुने नै भयो । यी प्रतिकुलताका बावजुत पनि कोरोना महामारी नियन्त्रणमा नगरपालिकाको भूमिका कस्तो रह्यो ?

कोरोना महामारी नियन्त्रणका सन्दर्भमा त सुरूमा हामीले ६ वटा स्थानमा क्वारेन्टाइनको व्यवस्था गर्यौँ । हामीले उहाँहरूलाई खानपानको उचित व्यवस्थापनमा कुनै कन्जुस्याँई गरेनौँ । सुरूसुरूमा हामीले आरडिटी परिक्षण गर्यौँ । तर आरडिटि परिक्षण त्यति प्रभावकारी छैन भन्ने भएपनि हामीले पिसिआर परिक्षणमा जोड दियौं । अहिले भेरी नगरपालिकामा कोरोना नियन्त्रणमा छ । क्वारेन्टाइनमा बसेका व्यक्तिहरू रिपोर्ट नेगेटिभ आएर सामान्य अवस्थामा घर फर्किसके पछि हामीले क्यारेन्टाइन पनि हटाइसकेका छौँ । सौभाग्य भनौँ भेरी नगरपालिकामा हालसम्म कोरोनाका कारण कुनैपनि मानवीय क्षति भएको छैन । मलाई लाग्छ सम्भवतः कर्णाली प्रदेशमै भेरी नगरपालिकाले कोरोना नियन्त्रण गर्न नुमना काम गरेको छ ।

तपाईँहरूको कार्यकाल सकिन पनि धेरै समय बाँकी छैन । तपाईँले चुनावमा घोषणपत्रमार्फत जनतासमक्ष गरेका प्रतिवद्धताहरू के कति पुरा गर्नुभयो ?

भेरी नगरपालिकामा म चुनावमा होमिदा साँच्चिकै मैले जनताका सामु महत्वाकाँक्षी घोषणापत्र पेश गरेकै हो । एउटा असल राजनीतिकर्मीको हैसियतले सपना देखिएन भने विकासको खाका कोर्न सकिदैन । म निर्वाचित भएको दिनदेखि नै जनतालाई देखाएका विकासका सुनौंला सपनाहरूलाई यथार्थमा कसरी परिणत गर्ने भनेर म निरन्तर क्रियाशिल छु । जसअन्तर्गत धेरै कामहरू भएका छन् र केहि कामहरू गर्न सकिएका पनि छैनन् ।

हिजो १३ वटै वडामा सडकको पुँहच थिएन । आज हामीले नगरपालिकाको सिमित स्रोत र साधनको अधिकतम उपयोग गर्दै सबै वडाहरूमा सडक सञ्जाल जोडिसेकका छौं । अब स्तरोन्नती र कालोपत्रे गर्ने काम बाँकी छ । सबै वडाहरूमा खानेपानीको सुविधा पुर्याउने गरी काम भइरहेको छ । जस्तो वडा नम्बर १३ मा त्यहाँको वस्तिलाई पुग्ने खानेपानीको मुहान नभएकाले हामी लिफ्ट खानेपानी आयोजना निर्माण गरिरहेका छौँ र तत्कालका लागि डिप बोरिङका माध्यमबाट खानेपानीको समस्या समाधान गराएका छौँ । त्यस्तो खानेपानीको समस्याको दिर्घकालिन समाधानका लागि वडा नम्बर १३ को कुदु र वडा नम्बर १० को भुरचौरमा खानेपानी आयोजनाका लागि संघ सरकारबाट बजेटको व्यवस्थापन गराइसकेको छु । अन्य ११ वटा वडाहरूमा कहिँ मुहान संरक्षण गरेर खानेपानीको व्यवस्थापन गर्नुका साथै प्राथमिकता आधारमा समस्या समाधान गरिएको छ ।

भेरी नगरपालिका भित्रै जाजरकोट जिल्लाको सदमुकाम खलङ्गा छ । सदरमुकाममा हाम्रो नगरपालिकाको वडा नम्बर ३ र ४ पर्छन् । सदरमुकाममा बसोबास गर्ने प्रत्येकको घर–घरमा पानीका धाराहरू पुग्नुपर्छ भन्ने उद्देश्यले वृहत् खलङ्गा सहलगानी खानेपानी आयोजना अन्तिम चरणमा पुगिसकेको छ ।

विद्युतिकरणको सन्दर्भमा १३ वटै वडामा आर्थिक वर्ष २०७७÷७८ मा हामी विजुली बत्ति बालिसक्छौ । केही टोलहरू बाहेक प्रायः सबै वडाहरूमा पोल गाड्ने कार्य सम्पन्न भइसकेको छ । संघीय सरकारसँग निरन्तर पहल र समन्वय गरेर आवश्यक बजेट विनियोजन भइसकेकाले हामी १३ वटा वडामा विद्युतको पहुँच विस्तार गर्न सक्छाँै भन्नेमा हामी ढुक्क छौं ।

पर्यटनका सन्दर्भमा १०० वटा पर्यटकीय गन्तव्यमा परेको जाजरकोट दरबारको गरूयोजना तयार गरेर निर्माण कार्य अगाडि बढाइएको छ । त्यस्तै धार्मिक गन्तव्य बडिमालिका गुरूयोजना डिपीआर तयार गरेर संरचना निर्माण कार्य अगाडि बढिसकेको छ । जस्तो बहुचर्चित शक्तिपिठ मनकामनादेवीको दिदी बडामालिका भएको धार्मिक जनविश्वास छ । त्यसकारण हामी बडामालिकालाई कर्णाली प्रदेशकै प्रसिद्ध पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजनाका साथ अगाडि बढेका छौँ । अन्य त्यहाँका मठ मन्दिर र धार्मिक पुरातात्विक महत्वका सम्पदाको संरक्षण र जिर्णोद्वार गर्ने काम पनि सँगसँगै अगाडि बढाएका छौँ ।

मेरो सोचाई र बुझाई के हो भने पहिलो कुरा जनता रोगले मर्नु भएन, दोस्रो भोकले मर्नु भएन । यसकारण मैले सबैभन्दा बढि बजेट कृषिमा, दोस्रो स्वास्थ्यमा र तेस्रो पूर्वाधारमा छुट्याएको छु । कृषिको सन्दर्भमा ‘एक वडा एक विशेष कृषि उत्पादन’ को नीति लिएको छौँ र कतिपय वडामा यसको कार्यान्वयन भइसकेको छ र केहिमा काम भइरहेको छ । निर्वाहमूखी कृषि प्रणालीबाट व्यावसायिक कृषि प्रणालीमा जान हामीले भौगोलिक विविधता अनुसारका कृषि उत्पादनलाई जोड दिएका छौँ ।

मेरो सोचाई र बुझाई के हो भने पहिलो कुरा जनता रोगले मर्नु भएन, दोस्रो भोकले मर्नु भएन । यसकारण मैले सबैभन्दा बढि बजेट कृषिमा, दोस्रो स्वास्थ्यमा र तेस्रो पूर्वाधारमा छुट्याएको छु ।

कृषिको सन्दर्भमा ‘एक वडा एक विशेष कृषि उत्पादन’ को नीति लिएको छौँ र कतिपय वडामा यसको कार्यान्वयन भइसकेको छ र केहिमा काम भइरहेको छ । निर्वाहमूखी कृषि प्रणालीबाट व्यावसायिक कृषि प्रणालीमा जान हामीले भौगोलिक विविधता अनुसारका कृषि उत्पादनलाई जोड दिएका छौँ । जस्तै वडा नम्बर १ मा मौरी पालन, वडा नम्बर २ मा ओखर, वडा नम्बर ७ मा गहँुको पकेट क्षेत्र, वडा नम्बर ५ आलु गरी १३ वडामा १३ वटै विशेष कृषि उत्पादनको नीतिलाई हामीले नगरसभाबाटै निर्णय गरेर कार्यान्वयनमा गइसकेको छ ।

स्वास्थ्यका सन्दर्भमा पहिला ६ वटा स्वास्थ्यचौकीबाट स्वास्थ्य सेवा प्रवाह हुन्थ्यो । अहिले हामीले बाँकी ७ वटा वडामा करारमा कर्मचारीको व्यवस्था गरी १३ वटै वडामा स्वास्थ्य सेवा प्रवाह गरिरहेका छौँ । ठेक्का प्रक्रिया पुरा भएर अहिले वडा नम्बर ३ मा पचास शैंयाको अस्पताल निर्माण कार्य तिव्र गतिमा अगाडि बढिरहेको छ ।

पूर्वाधार विकासमा पनि जे पायो तेही योजना हाम्रो प्राथमिकतामा पर्दैनन् । पहिला हामीले राज्यको लगानि भइसकेका अपुरा अधुरा योजनाहरूलाई पुरा गर्ने अनि बल्ल आवश्यकताका आधारमा नयाँ योजना बनाउने गरी काम गरिरहेका छौँ । हामी कुनै कार्यकर्तालाई खुशी तुल्याउन, कुनै गन्यमान्य व्यक्तिले भनेको आधारमा योजना पास गर्दैनौँ ।

शिक्षाका क्षेत्रमा पहिलो चरणको शिक्षकहरूको दरवन्दी मिलान, स्कुल मर्ज गर्ने काम भएको छ । शैक्षिक गतिविधिको जानकारी र शिक्षण पद्धतीलाई गुणस्तरीय बनाउन प्रत्येक महिना म स्वयम् उपस्थित भएर प्रधानाध्यापकहरूसँग छलफल गर्ने गरेको छु । कतिपय विद्यालयमा व्यवस्थापन समितिको अध्यक्ष र प्रधानाध्यापकको मिलेमतोमा भ्रष्टाचार हुने गरेको पाइएपछि शिक्षाको खातामै सिधै तलब जाने व्यवस्था मिलाएका छौँ ।

त्यस्तै शिक्षाका क्षेत्रमा पहिलो चरणको शिक्षकहरूको दरवन्दी मिलान, स्कुल मर्ज गर्ने काम भएको छ । शैक्षिक गतिविधिको जानकारी र शिक्षण पद्धतीलाई गुणस्तरीय बनाउन प्रत्येक महिना म स्वयम् उपस्थित भएर प्रधानाध्यापकहरूसँग छलफल गर्ने गरेको छु । कतिपय विद्यालयमा व्यवस्थापन समितिको अध्यक्ष र प्रधानाध्यापकको मिलेमतोमा भ्रष्टाचार हुने गरेको पाइएपछि शिक्षाको खातामै सिधै तलब जाने व्यवस्था मिलाएका छौँ । विस्तारै शैक्षिक क्षेत्रमा २० औँ वर्षदेखि जकडिएर रहेका समस्याहरूको समाधान गर्दै शिक्षामा आमुल परिवर्तन ल्याउने गरी हामीले काम गरिरहेका छौँ ।

तपाईँलाई आफ्नो कार्यकालमा घोषणापत्रमार्फत जनतासमक्ष गरेका सम्पूर्ण पूतिवद्धताहरू पुरा गर्न सकिन्छ भन्ने लाग्छ ?

सबैभन्दा ठुलो कुरा त राजनीतिक स्थायित्व हो । नेपालको मूल कानुन संविधानले नेपालमा तीन तहका सरकारहरू हुनेछन् र ती सहकारीता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा चल्नेछन् भनिएको छ । म पनि सत्ताधारी दलको जिम्मेवार नेता कार्यकर्ता भएको हैसियतले राष्ट्रिय राजनीति अथवा संघीय सरकार कुन ढङ्गले चल्छ भन्ने हिसाबले पनि तलका सरकारहरू प्रभावित छन् र हुन्छन् । व्यवहारिक हिसाबले सोच्दा हामी संघीयतामा त गयौँ, संघीयता कार्यान्वयन गर्ने पहिलो तहको जनप्रतिनिधी त भयौँ । तर राजनीतिक स्थायित्व नहुँदा स्थानीय तहको काम कारबाहीमा निरन्तर अबरोध सिर्जना भइरहेको छ । स्थानीय सरकार ५ वर्षसम्म विघटन हुदैनन्, यी स्थायी सरकार हुन् । तर संघ सरकारमा स्थायित्व नहुँदा वित्तिय संघीयतामा ठुलो असर पर्छ । जस्तो कोरोनाकै कारण पनि हामीलाई आउनु पर्ने बजेट आइ दिएन । हामीले संघबाट १० करोड बजेट आउँछ भनेर नगरसभाबाट योजना बनाएर बाँडिसकेका छौँ । बजेट भने मुस्किलले ५ करोड मात्रै आइदियो । अब ४ करोड बरारबरको बजेट घाटा कहाँबाट पूर्ति गर्ने भनेर हामी तनावमा छौँ ।

ग्रामीण जिल्लाका स्थानीय तहहरूमा आन्तरिक आय एकदमै न्यून मात्रामा छ । संविधानको अनुसूचि अनुसार धेरै क्षेत्रको कर उठाउने अधिकार संघीय सरकारलाई छ । भेरी नगरपालिकाको सन्दर्भमा राजस्व १ करोड पनि उठाउन गाह्रो छ । जनताका आकांक्षा भने अरबौंका छन् । हामीले स्थानीय सरकार त भनेका छौँ तर फेरी पनि हामी संघीय सरकारको वित्तिय हस्तान्तरणमा भर पर्नुपर्ने अवस्था छ । वर्षमा ३ वटा चौमासिक हुन्छन्, अहिले दोस्रो चौमासिक पनि सकिन लाग्यो । तर सशर्त बजेट अन्तर्गतको करोडौँ रकमको अख्तियारी अहिलेसम्म दिइएको छैन । जस्तो हाम्रो मूख्यमन्त्री रोजगार कार्यक्रम असारको १० गते आएको थियो । अनि असार मसान्तसम्म कसरी काम गर्ने ? यसकारण राजनीतिक स्थायित्व भयो र संघीय सरकारका मन्त्रालयहरू र जिम्मेवार निकायका कर्मचारीहरू विना ढिलासुस्ती स्थानीय तहहरूलाई समयमै बजेट अख्तियारी दिन सक्दा हाम्रो काम कारवाहीहरू चुस्त दुरूस्त अगाडि बढाउन सकिन्छ ।

विकास निर्माणका सन्दर्भमा भेरी नगरपालिका मुख्य समस्या र चुनौतीहरू के–के हुन् ?

सबैभन्दा शक्तिशाली जनता रहेछ । जव जनता विकासप्रति जिम्मेवार हुदैन नी म एउटा मेयरले चाहेर मात्रै दिर्घकालिन विकास सम्भव छैन । सबै आ–आफ्नो ठाउँबाट पूर्ण रूपमा इमान्दार र जवाफदेही भएर लाग्नुपर्ने हुन्छ । भेरी नगरपालिकाका जनतामा, जनप्रतिनिधिमा पनि विकासप्रति अपनत्व छैन । सबैभन्दा ठुलो चुनौती हो । जस्तो विकास निर्माणमा उपभोक्ता समिति प्रणाली वास्तवमा अत्यन्त सुन्दर प्रणाली हो । जुन क्षेत्रमा विकास दिने हो त्यस क्षेत्रका प्रभावित र लाभान्वित हुने जनतालाई समेटेर उपभोक्ता समिति बनाउने गरिन्छ । वास्तवमा राज्यले दिएको पैसाको सहि सदुपयोग गरेर भावी पुस्ताका लागि पानि काम लाग्ने दिर्घकालिन विकास गर्नुपर्छ भन्ने सोच उपभोक्तामा हुनुपथ्र्यो ।

हिजोका दिनमा जाजरकोट विकास हुन सकेन, भेरी नगरपालिका विकास हुन सकेन त्यो चुनौती हो । भेरी नगरपालिका ४ वटा गाविस मिलेर बनेको सदरमुकाममा पर्ने जाजरकोटको सबैभन्दा पुरानो नगरपालिका हो । हिजोका दिनमा त्यहाँ बजेट नगएको हो र ? पक्कै पनि गएको हो । तर हिजोका दिनमा गरिएको गलत अभ्यास अहिले हाम्रा लागि समस्या चुनौती बनेको छ । सबैभन्दा शक्तिशाली जनता रहेछ । जव जनता विकासप्रति जिम्मेवार हुदैन नी म एउटा मेयरले चाहेर मात्रै दिर्घकालिन विकास सम्भव छैन । सबै आ–आफ्नो ठाउँबाट पूर्ण रूपमा इमान्दार र जवाफदेही भएर लाग्नुपर्ने हुन्छ । भेरी नगरपालिकाका जनतामा, जनप्रतिनिधिमा पनि विकासप्रति अपनत्व छैन । सबैभन्दा ठुलो चुनौती हो ।

जस्तो विकास निर्माणमा उपभोक्ता समिति प्रणाली वास्तवमा अत्यन्त सुन्दर प्रणाली हो । जुन क्षेत्रमा विकास दिने हो त्यस क्षेत्रका प्रभावित र लाभान्वित हुने जनतालाई समेटेर उपभोक्ता समिति बनाउने गरिन्छ । वास्तवमा राज्यले दिएको पैसाको सहि सदुपयोग गरेर भावी पुस्ताका लागि पानि काम लाग्ने दिर्घकालिन विकास गर्नुपर्छ भन्ने सोच उपभोक्तामा हुनुपथ्र्यो । तर हाम्रो नगरपालिकामा उपभोक्ताको सोच ठिक विपरित छ । अहिले ठेकेदारभन्दा महाठेकेदार त हाम्रा उपभोक्ता समितिमा बस्ने पदाधिकारी भइदिए । यस्ता प्रवृत्तिका मान्छेसँग जुध्दाजुध्दा शायद थाकेको एउटा मेयर म पनि होला । तर म स्पष्ट छु कि उपभोक्ता समितिसँग लेनदेन गरेको थाहा पाए भने नगरपालिकाका जनप्रतिनिधिलाई समेत कारबाही गर्छु । उपभोक्ता समितिलाई जिम्मेवार बनाउने सवालमा मेरो कुनै कन्जुस्याँई रहँदैन । उपभोक्ता समितिलाई जिम्मेवार बनाउन हामी ९७ वटा टोल विकास संस्था गठन गरेका छौँ । यी टोल सुधार समितिलाई गाउँगाउँमा वडावडामा परिचालन गरिएको छ । यसले उपभोक्ता समितिलाई र आवश्यक पर्दा जनप्रतिनिधिलाई पनि निगरानीमा राख्छ ।

भेरी नगरपालिकामा विकासका प्राथमिकतालाई कसरी निर्धारण गर्नु भएको छ ?

विकासको योजना छनौंटका सात वटा चरणहरू हुन्छन् त्यहि अनुसार हामीले योजना पहिचान गर्ने गरेका छौँ । जस्तो केहि योजनाहरू टोलबाट वडामा आउँछन् । वडा समितिको बैठकबाट फेरी कार्यपालिकाको बैठकबाट अन्तिम योजना बनाएर हामीले नगरसभामा लैजान्छौं । अनि ठुला परियोजनाका सन्दर्भमा विज्ञहरूसँग छलफल गरी सल्लाह सुझाव लिएर नगरसभाको बैठकबाट योजनालई अन्तिम रूप दिन्छौँ । नगरपालिकाको आन्तरिक स्रोतले ठुला परियोजना सम्पन्न गर्न सम्भव नहुने हुँदा प्रदेश र केन्द्र ससरकासँग आवश्यक बजेटको लागि पहल गर्छौँ ।

यहाँको बाँकी कार्यकाललाई उपलब्धिमूलक बनाउन के–कस्ता कार्ययोजनाहरू बनाउनु भएको छ ?

मलाई मेरो समयको हरेक सेकेण्ड जनताको सेवामै बितोस् भन्ने लाग्छ । मेरा काम कर्तव्य र अधिकारहरूमा म कहिँ पनि नचुकेर काम गर्छु । अबको बाँकी कार्यकाल यहि जगमा टेकेर अधुरा योजना र सपनाहरू पुरा गर्छु ।

स्थानीय तहको कारण समाज नै भ्रष्टिकरणतिर गयो भन्ने बुझाइहरू पनि छन् । यसमा तपाईँको टिप्पणी के छ ?

सबैभन्दा पहिला मैले ममा भएका समस्याको समाधान आफू भित्रबाटै खोज्छु । कति नगरपालिका र गाउँपालिकामा यस्ता घटनाहरू भएका पनि छन्, कति घटनाहरू अख्तियारसम्म पनि पुगेका छन् । म कलिलो उमेरमा जनप्रतिनिधि भए । पैसा कमाउने सोच भएको भए त ठेक्कापट्टा, खेलकुद, पठनपाठन अथवा अन्य व्यावसायिक कर्म गरेको भए मेरो सुखसयलको जिन्दगी हुन्थ्यो । वास्तवमा जाजरकोटको भेरी नगरपालिकाको अवस्था यति दयनिय छ भनेर धेरै नसके पनि कम्तिमा सुरूवाती जग बसाल्नुपर्छ भनेर म आएको हुँ । धेरै परिवर्तनको अुनभूति पनि भएको छ । हामीले भएको कुरालाई भयो भन्न सक्नुपर्छ । हिजो बाटोघाटो थिएन आज कम्तिमा हामीले सबै वडामा सडकको पहँुच पुर्याएका छौँ, हिजो खानेपानी थिएन आज खानेपानीको व्यवस्था गरिएको छ, हिजोको जिविसहरूमा पैसा नतिरेर फाइल नै अगाडि बढ्दैनथ्यो । आज हाम्रो नगरपालिकामा कसैैले एक रूपैयाँ तिर्नु पर्दैन, प्रकृयागत रूपमा मजाले फाइल अगाडि बढ्छ ।

वास्तवमा परिवर्तन भएको छ तर जति हुनुपर्ने थियो नभएको चाँहि हो । त्यसका लागि जनप्रतिनिधि, कर्मचारी, जनता र सञ्चारकर्मीहरू सबै एकिकृत रूपमा जुट्न सक्नुपर्छ । सि.पी घर्तीले कुनै ठेकेदारबाट एक कप चियाको आशा गर्दैन । यस्तो सामान्य घटनामा हाम्रो जनप्रतिनिधिको नाम जोडिएर पत्रिकामा समाचार आउदा मैले आफ्नै पार्टीबाट निर्वाचित वडा अध्यक्षसँग स्पष्टिकरण लिएको छु । काम प्रकृयामा अगाडि बढ्नुपर्छ नभए हुँदैन । तथ्य र प्रमाण ल्याएर कोही आउछ भने म राजिनामा दिन तयार छु ।

वास्तवमा परिवर्तन भएको छ तर जति हुनुपर्ने थियो नभएको चाँहि हो । त्यसका लागि जनप्रतिनिधि, कर्मचारी, जनता र सञ्चारकर्मीहरू सबै एकिकृत रूपमा जुट्न सक्नुपर्छ । सि.पी घर्तीले कुनै ठेकेदारबाट एक कप चियाको आशा गर्दैन । यस्तो सामान्य घटनामा हाम्रो जनप्रतिनिधिको नाम जोडिएर पत्रिकामा समाचार आउदा मैले आफ्नै पार्टीबाट निर्वाचित वडा अध्यक्षसँग स्पष्टिकरण लिएको छु । काम प्रकृयामा अगाडि बढ्नुपर्छ नभए हुँदैन । तथ्य र प्रमाण ल्याएर कोही आउछ भने म राजिनामा दिन तयार छु । भ्रष्टाचार घटनामा मुछिएका अन्य नगरपालिका वा गाउँपालिकाले भेरी नगरपालिकाबाट सिक्नुपर्छ भन्ने लाग्छ । ठेक्कापट्टा गर्ने व्यापारीहरू नेता बन्न खोज्ने र नेताहरू व्यापारी मानसिकताले नाफा घाटा हेर्ने हो भने देश बन्दैन । अबत नेता बन्नलाई पनि निश्चित मापदण्ड तय गरिनु पर्छ र शासकीय स्वरूपमै पनि बहस गरिनुपर्छ । यस्तो पाराले चल्दैन ।

कोरोना कहरकै बीच तपाईँकै नगरपालिकामा बडो पाशविक घटना घट्यो, सोति हत्याकाण्ड । जसमा नवराज बि.क सहित ६ जनाको अमानवीय तवरले हत्या भयो । अहिले त्यो घटनाको छानबिन कहाँ पुग्यो ? तपाइँले कस्तो भूमिका खेलिरहनु भएको छ ?

नवराजको प्रेम कहानीको कुरा तपाईँहरू सबैलाई थाहा नै छ । त्यो सत्य नै हो । प्रेम सम्बन्धलाई विद्यमान जातिय विभेदले क्रुर अमानवीय घटनामा परिणत गरिदियो । यो हत्या पुरै योजनाबद्ध हो । त्यो घटनाको सन्दर्भमा जनप्रतिनिधिको हैसियतले मैले सत्यको पक्षमा वकालत गरेँ । शायद म नै एउटा जनप्रतिनिधि हुँ, मैले राजनीतिक नाफा–घाटा नेहेरिकन नवराजलगायतका ६ जनालाई मारेर फालिएको हो भने । पिडितले न्याय पाउने क्रमको सुरूवात एक किसिमले भइसकेको छ । त्यसमा मैलै कुनै पनि कन्जुस्याँई नगरी अगुवाई र पहलकदमी गरिरहेकै छु ।

वास्तवमा यो निकै दुर्भाग्यपूण घटना हो । नवराजको प्रेम कहानीको कुरा तपाईँहरू सबैलाई थाहा नै छ । त्यो सत्य नै हो । प्रेम सम्बन्धलाई विद्यमान जातिय विभेदले क्रुर अमानवीय घटनामा परिणत गरिदियो । यो हत्या पुरै योजनाबद्ध हो । त्यो घटनाको सन्दर्भमा जनप्रतिनिधिको हैसियतले मैले सत्यको पक्षमा वकालत गरेँ । शायद म नै एउटा जनप्रतिनिधि हुँ, मैले राजनीतिक नाफा–घाटा नेहेरिकन नवराजलगायतका ६ जनालाई मारेर फालिएको हो भने । देवेन्द्र पौडलको नेतृत्वमा जुन संसदीय छानविन समितिले गरेको स्थलगत अध्ययनले पनि यहि निष्कर्ष निकाल्यो । अहिले घटनामा सङ्लग्न २८ जना पूर्पक्ष्यको लागि हिरासतमा छन् । ४–५ जना छुटेको जानकारी पाएको छु । पिडितले न्याय पाउने क्रमको सुरूवात एक किसिमले भइसकेको छ । त्यसमा मैलै कुनै पनि कन्जुस्याँई नगरे अगुवाई र पहलकदमी गरिरहेकै छु ।

केहि समय अघि तपाईँ सम्बद्ध पार्टीकै कार्यकर्ताहरूले योजनावद्ध रूपमा तपाईँमाथि साङ्घातिक आक्रमणको प्रयास गरे । यस घटनालाई कसरी लिनुभएको छ ? घटनामा सङ्लग्नलाई के कस्तो कारबाही भयो ?

हामी त विधि र पद्धति स्थापति गर्नुपर्छ भनेर त कम्युनिष्ट पार्टीको कार्यकर्ता भएका हौँ । तर हाम्रै पार्टीका केहि व्यक्तिहरूको सोच के भइदियो भने हामीले जिताएको मेयरले हाम्रो काम किन नगर्ने ? ठिक छ कानुनी रूपमा विधिसम्बत काम गर्न सकिन्छ । तर गैह्र कानुनी काम पनि हाम्रो पार्टीको मेयरले गर्नुपर्छ भन्ने सोच भयो । म नेकपाको मात्रै मेयर त होइन म आम जनताप्रति जावफदेही जिम्मेवार हुनुपर्छ । यस्तै मानसिकताका केहि व्यक्तिहरूले गैह्र कानुनी रूपमा गर्न खोजेका कामहरूलाई मैले इन्कार गरिदिँदा म माथि योजनाबद्ध आक्रमणको प्रयास भएको थियो । आक्रमण पनि अत्यन्तै निन्दनिय ढङ्गले मसानघाटमा भयो ।

विगतमा विभिन्न समयका काँग्रेसहरू, पञ्चेहरू, दरबारियाहरू र राणाहरूले यउटा पद्धति स्थापित गर्न सकेनन्, सधै आफ्नालाई, आफ्ना पार्टीका मान्छेलाई मात्रै पक्षपोषण गरे । हामी त विधि र पद्धति स्थापति गर्नुपर्छ भनेर त कम्युनिष्ट पार्टीको कार्यकर्ता भएका हौँ । तर हाम्रै पार्टीका केहि व्यक्तिहरूको सोच के भइदियो भने हामीले जिताएको मेयरले हाम्रो काम किन नगर्ने ? ठिक छ कानुनी रूपमा विधिसम्बत काम गर्न सकिन्छ । तर गैह्र कानुनी काम पनि हाम्रो पार्टीको मेयरले गर्नुपर्छ भन्ने सोच भयो । म नेकपाको मात्रै मेयर त होइन म आम जनताप्रति जावफदेही जिम्मेवार हुनुपर्छ । आफ्नो काम भयो भने पक्का क्रान्तिकारी हुने अनि भएन भने केहि पनि नहुने यस्तो खालको कमजोरी हाम्रै पार्टीका कार्यकर्ताहरूमा छ । यस्तै मानसिकताका केहि व्यक्तिहरूले गैह्र कानुनी रूपमा गर्न खोजेका कामहरूलाई मैले इन्कार गरिदिँदा म माथि योजनाबद्ध आक्रमणको प्रयास भएको थियो । आक्रमण पनि अत्यन्तै निन्दनिय ढङ्गले मसानघाटमा भयो । पूर्व गाविस अध्यक्ष मधु चन्दको दाहसँस्कामा गएको बेला अपाराधि जथ्थाले त्यहाँ ऊ कमजोर अवस्थामा हुन्छ भन्ने सोचले म माथि आक्रमणको प्रयास गरेका थिए । उनीहरू अहिले कारबाही भोगीरहेका छन् । मूल्य र मान्यता बाहिर गएर काम गर्न खोज्दा त्यसको सम्पूर्ण क्षति आफै व्यहोर्नु पर्छ भन्ने उनीहरूले अनुभूति गरिरहेका छन् ।

समाज परिवर्तनमा अग्रभागमा रहेका काम गरिरहँदा यस्ता खालका हण्डर ठक्करहरू आउँछन् । यसलाई मैले सहज रूपमै लिएको छु । यसले मलाई थप सजग भएर समाज परिवर्तनमा अग्रसर हुन आत्मविश्वास प्रदान गरेको छ । मेरो कार्यकालमा गैह्र कानुनी ढङ्गले मेरो पार्टीका कार्यकर्ता या अन्य पार्टी कसैको पनि काम हुँदैन ।

तपाईँ सम्बद्ध पार्टी नेकपा भित्रै पनि त्यस्ता मान्छेलाई संरक्षण मात्र होइन पार्टीको जिम्मेवारी नै दिइएको छ । यस्ता मान्छेलाई संरक्षण गरेर कस्तो कम्युनिष्ट पार्टीको निर्माण होला ?

जनताको हितलाई तिलाञ्जली दिएर दुनियाँ हसाउने काम गरियो भने नेकपाको असली कार्यकर्ता हुन सकिदैन । त्यसैले संघदेखि स्थानीय तहसम्म यस्ता प्रवृत्तिका मान्छेलाई निरूत्साहित नगरेसम्म कम्युनिस्ट पार्टीबाट पनि परिवर्तन सम्भव छैन । क्रान्तिकारिता बोलीमा होइन व्यवहारमा देखिनु पर्छ । नेतृत्वमा जुन प्रवृत्ति हावी छ, यो कुरा आन्तरिक रूपमा शुद्धिकरण नगरुञ्जेल धेरै कुरा सदृढ हुन गाह्रो छ । यस्तै पाराले पात्र न फेरिन्छन्, तर समाज फरिदैन ।

यो निकै डरलाग्दो विषय हो । नेकपामा त्यस्तै छ, काङग्रेसमा त्यस्तै छ, संघीय समाजवादी पार्टी र अन्य पार्टीमा पनि यस्ता प्रवृत्तिमा मान्छेलाई संरक्षण गरेको देखिन्छ । त्यसकारण राजनीति गर्नेले राजनीति मात्रै गर्नु पर्यो, पत्रकारिता गर्नेले पत्रकारिता मात्रै गर्नु पर्यो, शिक्षक शिक्षण पेशामै प्रतिवद्ध भएर लाग्नु पर्यो । उनीहरूको जिवन सुनिश्चितताका लागि राज्यले सोच्नु पर्यो । जबसम्म हरेक व्यक्ति आफू सम्बद्ध क्षेत्रमा विज्ञता हाँसिल गरेर लाग्दैन तबसम्म यो गलत संस्कार रहिरहन्छ । यस्तो प्रवृत्तिले मुलुकलाई धेरै पछि धकेल्नेवाला छ । यस्ता प्रवृत्तिका मान्छेलाई मेरो ठाउँबाट, मेरो निर्णय चल्ने ठाउँमा त म मान्दै मान्दिन । जनताको हितलाई तिलाञ्जली दिएर दुनियाँ हसाउने काम गरियो भने नेकपाको असली कार्यकर्ता हुन सकिदैन । त्यसैले संघदेखि स्थानीय तहसम्म यस्ता प्रवृत्तिका मान्छेलाई निरूत्साहित नगरेसम्म कम्युनिस्ट पार्टीबाट पनि परिवर्तन सम्भव छैन । क्रान्तिकारिता बोलीमा होइन व्यवहारमा देखिनु पर्छ । नेतृत्वमा जुन प्रवृत्ति हावी छ, यो कुरा आन्तरिक रूपमा शुद्धिकरण नगरुञ्जेल धेरै कुरा सदृढ हुन गाह्रो छ । यस्तै पाराले पात्र न फेरिन्छन्, तर समाज फरिदैन ।

धेरैजसो स्थानीय तहमा सामूहिक सहकार्यको भावना कम छ भनिन्छ । त्यो वातावरण निर्माण गर्न नगरप्रमुखको हैसियतले के पर्यत्न गर्नु भएको छ ?

कार्यपालिकाको बैठकदेखि गाउँका प्रत्येक उपभोक्ता समिति, टोल सुधार समितसम्म मैले ब्रिफिङ गरिनैरहेको छु । कहिले काँहि यस्तो प्रवृत्ति देखेर थकित महसुश हुन्छ तर फेरी पछाडि फर्किएर गन्तव्यमा पुगिदैन । गलत प्रवृत्तिलाई सच्याउने, हाम्रो संरचनाहरूलाई जिम्मेवार बनाउने जिम्मेवारी हाम्रो नै भएकाले चेतनास्तर, संस्कार र बुझाईको दायरा फराकिलो बनाउने तर्फ हामी उन्मूख छौं । कराँतेमा दुई मिनेटमा मेडल जित्ने सम्भावना भएजस्तो स्थानीय सरकारको बचेको कार्यकाल पनि निकै महत्वपूर्ण छ, धेरै कामहरू गर्नुपर्ने छ, गर्न सकिन्छ । बचेको समयलाई अधिकतम उपलब्धिमूलक बनाउने गरी म खटिएको छु ।

धेरै स्थानीय तहमा विपक्षी दललाई बाइपास नै गरेर अगाडि बढ्ने प्रवृत्ति देखिन्छ । भेरी नगरपालिका सन्दर्भमा सत्तापक्ष र विपक्षी पार्टीबिचको सम्बन्ध कस्तो छ ? त्यसलाई कसरी सन्तुलित बनाउनु भएको छ ?

खराव नियत देखियो भने त म कसैलाई पनि छोड्दैन । सामान्य द्वन्द्व त रहन्छ नै । तर भेरी नगरपालिकामा विपक्षी दलसँग सन्तुलित सम्बन्ध नै छ । विकास निर्माणदेखि हरेक योजनामा हामी पारदर्शी र जवाफदेही ढङ्गले प्रस्तुत हुने भएकाले त्यस्तो ठुलो मतभेद छैन । मलाई कुनै व्यक्तिगत स्वार्थ परिपुर्ती गर्नु पनि छैन । हरेक काम पद्धति र निममसंगत तवरले गरिन्छ । एकपटक नेपाली काङ्ग्रेसले हिँउदे अधिवेशन बहिस्कार गर्यो । बाँकी एउटा पनि विरोध नभएर कार्यपालिकाको बैठक र नगरसभा पारित गर्ने नगर प्रमुख पनि म नै हो । यस हिसाबले हेर्दा विपक्षी दलको पनि मलाई समर्थन र सहयोग छ ।

अन्तिममा भेरी नगरपालिकाबासीलाई केही सन्देश दिन चाहानुहुन्छ कि ?

भेरी नगरपालिकावासीलाई यो महत्वपूर्ण रारापाटी अनलाइनमार्फत म के भन्न चाहान्छु भने भेरी नगरपालिका हामी सबैको नगरपालिका हो । कोही जनप्रतिनिधि हौंला, कोही आम नागरिक अगुवा हौंला, कोही टोल, समुदायको हौंला, कोही सञ्चारकर्मी हौंला, कोही विद्यार्थी हौंला, कोही युवा हौंला, कोही पक्ष हौंला, कोही प्रतिपक्ष हौंला । यो हाम्रो नगरपालिका हो, हामी यहाँका भूमिपुत्र हौँ । राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्न सकौँ । नराम्रोलाई सच्याएर अगाडि बढ्न नगरपालिका जहिले पनि प्रतिवद्ध छ । म कुनै लोभ पाप बोकेर हिँडेको पात्र होइन, मेरो एउटै लोभ भनेको जसरी हुन्छ नगरपालिकालाई अग्रगमनतर्फ डोर्याउने हो । त्यो अगाडि बढेकै छ । हामी सबै एकताबद्ध भएर लाग्यौं भने भेरी नगरपालिकामा हामी धेरै काम गर्न सक्ने अवस्थामा छौं । यसकारण नकारात्मक सोच नलिइकन सानो सानो समयलाई पनि सदुपयोग गर्दै हामी अगाडि बढौं । हामी सबै जिम्मेवार, पारदर्शी र नगरपालिकाले गर्ने काम कारवाहीमा अपनत्व ग्रहण गरेर अगि बढौं ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु