१७ आश्विन २०८०, बुधबार

सडकबाट प्रचण्डले भने : फागुनको पहिलो साताबाट हुने संयुक्त आन्दोलनसँगै केपीको आयु सकिन्छ !



२२ माघ, काठमाडौं । प्रधानमन्त्री कपी शर्मा ओलीको प्रतिगामी कदमका विरूद्ध सडकमा उत्रिएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आउँदो फागुनको पहिलो साताबाट संयुक्त आन्दोलन हुने बताएका छन् ।

आमहड्ताल सफल बनाउन सडकमा उत्रिएका प्रचण्डले सञ्चारकर्मीहरुसँग कुरा गर्दै नागरिक अगुवा, नेपाली कांग्रेस, जनता समाजवादी पार्टीलगायतका दलहरुसँगै हुने संयुक्त आन्दोलनले ओली आयु सकिने बताएका हुन् ।

केपीले पश्चाताप गरेर पछि नहट्ने हो भने ठूलो जनआन्दोलन हुने दाबी गर्दै प्रचण्डले भने, ‘सम्भवतः फागुनको पहिलो हप्ताबाट संयुक्त आन्दोलन सुरु हुन्छ । केपी ओलीको आयु सकिन्छ ।’ उनले यही माघ २३ गते हुन लागेको ओली पक्षको सभा २०४६ अघि पञ्चर्याली गरेको जस्तै हुने बताए ।

सरकारले संवैधानिक निकायका पदाधिकारीलाई संसदीय सुनुवाइबिनै शपथ खुवाउनु निरंकुशताको पराकाष्ठ भएको उनले बताए । ओलीले प्रगिमनको भद्दा रूप र जंगलीराजको सुरुवात गरेको बताए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको