२० श्रावण २०७८, बुधबार

विश्वमै सबैभन्दा कम उमेरमा प्रधानमन्त्री बनेकी मारिनको बिहे



१० भाद्र, काठमाडौं । फिनल्यान्डकी चर्चित युवा प्रधानमन्त्री सान्ना मारिनले आफ्ना लामो समयदेखिका पार्टनर पूर्व फिनलैन्डियन फुटवल खेलाडी मारकुस राइकोनेनसँग औपचारिक विहे गरेकी छिन् । उनीहरू १६ वर्षदेखि सँगै रहेका उनीहरुबाट दुइवर्षको छोरी पनि रहेको कुरा फिनल्याण्डका सरकारी निकायहरूले स्पष्ट पारेका छन् ।

प्रजातान्त्रिक समाजवादी मारिन ले आफ्नो इन्स्टग्राममा आफ्नो राइकोनेनसँग विहे भएको साँचो भएको उल्लेख गरेकी छिन् ।फिनल्याण्ड सरकारले पनि उनीहरुको विहेको फोटो ट्वीट गरी सार्वजनिक गरेको छ । विहेमा उनका निकै नजिकका साथिहरू र परिवार सदस्यहरुको मात्र उपस्थिति थियो ।

मारिन २०१९ डिसेम्बरमा ३४ वर्षको उमेरमा विश्वकै सबैभन्दा कम उमेरकी प्रधानमन्त्री भएकी थिइन् । तर यही महिनामा नै उनीभन्दा कान्छी ३४ वर्षीया सेबेस्टिन कुर्जले ३४ वर्षको उमेरमै अस्ट्रियाको चान्सलर बन्न पुगी कम उमेरमा सरकार प्रमुख बनेको मारिनको विश्व रेकर्ड तोडेकी छिन् ।
(स्रोतः एजेन्सिको सहयोगमा)


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु