१२ जेष्ठ २०८०, शुक्रबार

प्रचण्ड–माधव पक्षको आमहड्तालः विभिन्न ठाउँबाट दर्जनौं नेता–कार्यकर्ता पक्राउ



२२ माघ, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले घोषणा गरेको देशव्यापी आमहड्तालमा प्रहरी प्रशासनले कलंकी क्षेत्रबाट नेकपा नेताहरू अष्टलक्ष्मी शाक्य, हितमान शाक्यसहित नेता–कार्यकर्ता पक्राउ गरेको छ । प्रचण्ड–माधव समुहको कलंकी क्षेत्रका कमान्डर शाक्यसहित प्रहरीले ८ जनालाई पक्राउ गरेको हो । उनीहरुलाई महाराजगञ्ज स्थित सशस्त्र प्रहरी गणको नम्बर–२ मा राखिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समुहले आम हड्तालका क्रममा काठमाडौंबाट ७० जना र भक्तपुरबाट १ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता (एसपी) सुशिल सिंह राठौरले जानकारी दिएका छन् ।

आमहड्ताल गराउन रत्नपार्कको शान्तिबाटिकामा नेकपाका नेता नारायणकाजी श्रेष्ठ, सातदोबाटोमा देव गुरुङ र गोंगबुमा हिमाल शर्माको नेतृत्वमा प्रदर्शन गरिएको छ ।

आमहड्तालका क्रममा अस्पताल, एम्बुलेन्स, पानी, दूध, औषधिलगायतका अत्यावश्यक सेवाहरूमा अवरोध नगर्ने प्रचण्ड– माधव पक्षले जानकारी दिएको छ । यस्तै विद्यार्थीहरूको परीक्षामा पनि कुनै अवरोध नहुने बताइएको छ । बुधबार पत्रकार सम्मेलनमार्फत् यातायत, पसल, उद्योग व्यवसाय, कलकारखाना र शिक्षण संस्था बन्द हुने जानकारी दिइएको थियो ।

आमहड्ताललाई रोक्न प्रहरी प्रशासनले राजधानीमा सुरक्षा व्यवस्था कडा बनाएको छ । गृहमन्त्रालयले बुधबार नै विज्ञप्ति जारी गर्दै निर्वाध रूपमा यातायात–व्यवसाय सञ्चालन गर्न आग्रह गरेको थियो ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको