१६ आश्विन २०८०, मंगलवार

प्रहरीले यसरी पक्राउ गर्यो नेतृ अष्टलक्ष्मी शाक्यलाई



२२ माघ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की स्थायी कमिटि सदस्य अष्टलक्ष्मी शाक्यलाई प्रहरीले पक्राउ गरेको छ । पूर्वमन्त्रीसमेत रहेकी शाक्यलाई नेकपाले घोषणा गरेको शान्तिपूर्ण आम हड्तालको नेतृत्व गरिरहेकै अवस्थामा प्रहरीले कलंकीबाट पक्राउ गरेको हो ।

अहिले नेतृ शाक्यलाई प्रहरी तालिम केन्द्र महाराजगञ्जमा राखिएको सँगै पक्राउ परेका विद्यार्थी नेता आकाश खनालले रारापाटीलाई जानकारी दिए ।

पार्टीले उपत्यकाका विभिन्न स्थानमा आम हड्तालको नेतृत्व गर्न विभिन्न नेताहरुलाई जिम्मेवारी दिएको छ । त्यसमध्ये शाक्यले कलंकीको जिम्मेवारी सम्हालेकी थिइन् ।

सरकारले चालेको प्रतिगामी कदम र असंवैधानिक नियूक्तिका विरूद्धमा नेकपाले आमहड्ताल आयोजना गरेको हो ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको