१४ फाल्गुन २०७७, शुक्रबार

नेकपाको देशब्यापी आमहड्ताल : सडकमै नाराबाजीमा उत्रिए प्रचण्ड !



२२ माघ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले आज प्रधानमन्त्री ओलीको असंवैधानिक कदमका विरूद्ध देशब्यापी आमहड्ताल गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयम आमहड्ताल गर्न सडकमा उत्रिएका छन् ।

यसअघिका कार्यक्रममा प्रतिगमनविरूद्धको आन्दोलन थप सशक्त र आक्रमक बनाउनुपर्छ भन्ने अभिव्यक्ति दिएका प्रचण्ड बिहीबार बिहान आफै ललितपुरको सातदोबाटोमा प्रदर्शनकारीले गरेको नाराबाजीमा सहभागी भएका हुन् ।

सातदोबाटो चोकमा प्रचण्ड सहभागी नाराबाजीमा प्रदर्शनकारीले, ‘काम चलाउ म्यादी सरकार मुर्दावाद्’, ‘असंवैधानिक नियुक्ति खारेज गर’, ‘राष्ट्रघाती होसियार, गणतन्त्र जिन्दावाद’, ‘केपी तेरो पाराले दुस्ख पाए साराले’ जस्ता नारा लगाएका थिए । जुलुसमा प्रचण्डले पनि नाराबाजी गरेका थिए । सातदोबाटोबाट प्रचण्ड सहभागी जुलुस कोटेश्वर गएको छ ।

प्रधानमन्त्रीको ओलीको ‘मेरो गोरूको बाह्रै टक्का’ नीतिले देश राजनीतिक अस्थिरतामा धेकेलिएको छ । यता प्रचण्ड–नेपाल समूहको आन्दोलन हरेक दिन आक्रामक भइरहेको अवस्थामा जनजिवन नै प्रभावित हुने देखिएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु