एञ्जिला रेग्मी र पुष्पराज बसेलको ‘पिरतीको फण्डा’ सार्वजनिक (भिडियोसहित)
२१ माघ, काठमाडौं । एञ्जिला रेग्मी र पुष्पराज बसेलको स्वरमा रहेको रमान्टिक गीत ‘पिरतीको फण्डा’ सार्वजनिक भएको छ । डश म्युजिक युट्युव च्यानलबाट मंगलबार गीतको भिडियो सार्वजनिक गरिएको हो ।
भिम बि.सी.ले आफैले लेखेका शब्दमा संगीत भरेका हुन् । गीतमा उदयराज पौडेल को संगीत संयोजन रहेको छ ।
प्रतिभावान बाल कलाकार परिश्ना बाँस्तोला र प्रीन्स प्रेसियो सिँह थापाको अभिनयले गीतको भिडियो थप रोचक बनेको छ । बालकलाकारसँगै भिडियोमा जिवेश सिंह गुरुङ र रोशनी कार्की को अभिनय तथा नृत्य हेर्न सकिन्छ ।
सुदिप बरालले छाँयाकंन र टेकेन्द्र शाहले सम्पादन रहेको गीतको भिडियो निर्देशन भने दिपक सुनारले गरेका हुन् ।
भिडियो हेर्नुहोस् :