२३ जेष्ठ २०८०, मंगलवार

आइक्यापमा बोल्दै नेता खनालले भने, ‘शहिद र जनताको बलिदानी खेर जान दिइने छैन’



२१ माघ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बरिस्ट नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेपाली जनता प्रधानमन्त्री ओलीको असंवैधानिक ‘कु’ र कोरोना महामारीको तरबारको दोहोरो धारले रेटिएको बताएका छन् ।

एसियाली राजनीतिक पार्टीहरूको सम्मेलन आइक्यापको युवा सम्मेलनलाई सम्बोधन गर्दै नेता खनालले शहिद र जनताको बलिदानी खेर जान नदिइने बताएका हुन् ।

कोरोना महामारीको कारण शिक्षामा परेको प्रभावबारे बोल्दै उनले भने, ‘मलाई आज कता कता यो कुरा गर्न अलि लाज पनि लागि रहेको छ । तर म यो विषय सेमिनारमा उठाउन बाध्य छु । नेपालका प्रधानमन्त्रीले कोभिड महामारीका यो घडीमा संबैधानिक ‘कु’ गरी संसद विद्यठन गरेका छन् । आज नेपाली जनता कोभिड महामारी र संसद विघटनन जस्तो असंबैधानिक ‘कु’ को तरवारको दोहोरो धारले रेटिएका छन् । हामी जनता र पार्टीले बनाएको प्रधानमन्त्रीले जनतामाथि घात गरेका छन् । शहिदको रगत र जनताको संघर्षबाट स्थापित संविधानको ठाडो उलङ्घन भएको छ ।’

‘आज नेपाली युवा, विद्यार्थी, नागरिक समाज, राजनीतिक पार्टीहरु, सिमान्तकृत जनता सबै यो संबैधानिक ‘कु’ को विरुद्धमा छन् । यसमा तपाँइहरूको समर्थन र सहयोग आवश्यक छ ।’ नेता खनालले भने, ‘नेपालमा संविधान र कानुनी राज्यको जीत भएरै छाड्नेछ । शहिद र जनताको बलिदानी संघर्ष खेर जाने छैन । मुर्झाएका युवा विद्यार्थीलाई हामी फेरी फर्किने वातावरण बनाउने छौं । उनीहरूको शिक्षा दिक्षालाई हामी पुन सहज बनाउने छौं ।’

उक्त बैठकमा आइक्यापका संस्थापक अध्यक्ष जोसेडे भेनेसिया, महासचिव चो बुङ् जाय, आइक्याप युवा विङका सह अध्यक्ष तथा पूर्व मन्त्री दातो श्री साइदान, आइक्याप युवा विङका सह अध्यक्ष तथा अजरबैजानका संसद रामिम मामाडोभ, भारतीय जनता पार्टीका सिनियर नेता विजय जोली, गणतन्त कोरियाकी संसद क्युङ ताय जुङ., जापान डेमोक्राटिक पार्टीका संसद सु साकुराइ, थाइलैन्ड पिउ थाइ पार्टीका उपमहासचिव पावपुम राजनासाकुल, श्रीलङ्काका पूर्व प्रधानमन्त्री दया गामेज, उब्जेकस्थानकी संसद सदस्य जुक्रा साडिभा, वंगलादेशका संसद सदस्य तथा अवामी लिगका प्रतिनिधि अब्दुल मार्टिम खार्सु लगायत ३०.देशमा युवा नेताहरूले आफ्नो विचार ब्यक्त गरेका थिए । सम्मेलनमा युनेस्कोका क्षेत्रीय सल्लाहकार जेनेली वव र आइएलओेका विज्ञ मार्कुस रकबाट सेमिनारमा विज्ञ प्रस्तुती गरिएको थियो ।

आइक्यापको कोभिड महामारी र युवा रोजगार तथा सामाजिक सुरक्षाका बारे कर्णाली प्रदेश योजना आयोगका सदस्य योगेन्द्र शाहीले नेकपाका तर्फबाट आफ्नो प्रस्तुती गरेका थिए भने नेपाली कग्रेसका तर्फबाट तारा प्रसाद बन्जाडे र डा.प्रभु बुढाथोकीले विषयमा आफ्नो धारणा राखेका थिए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको