कर्णालीका रोहित चन्द दक्षिण एशियाकै सबैभन्दा मूल्यवान फुटबल खेलाडी
२१ माघ, काठमाडौँ । कर्णाली प्रदेशको दैलेखमा जन्मिएका नेपालका चर्चित फुटबल स्टार रोहित चन्द दक्षिण एशियाकै सबैभन्दा बढि पारिश्रमिक पाउने फुटबल खेलाडि भएका छन् । प्रसिद्ध अन्तर्राष्ट्रिय फुटबल ट्रान्सफर वेबसाइट Transfermarkt ले दक्षिण एसियाको सबैभन्दा मूल्यवान् फुटबल खेलाडीको सुचीमा रोहित चन्दलाई राखेको छ ।
Transfermarkt का अनुसार इण्डोनेशियाको ठुलो क्लव पर्सिजा जाकार्तामा खेल्दै गरेका नेपाली फुटबल स्टार रोहित चन्दको मूल्य २ लाख ७५ हजार युरो रहेको छ। रोहित सार्क राष्ट्रभन्दा बाहिर व्यवसायिक फुटबल खेल्ने नेपालको इतिहासमै पहिलो फुटबल खेलाडी हुन् ।
भारतका गोलकिपर गुरप्रीत सिंहको मूल्य पनि सोही रहेको प्रसिद्ध अन्तर्राष्ट्रिय फुटबल ट्रान्सफर वेबसाइट Transfermarkt ले देखाएको छ । नेपाली फुटबल स्टार रोहित चन्द र भारतका गोलकिपर दक्षिण एसियाकै सबैभन्दा महँगो फुटबल खेलाडीका रूपमा परेका छन्।
फुटबल खेलाडीहरूको मूल्याङ्कन गर्ने यो वेबसाइट फुटबल फ्यानहरूमा निकै प्रसिद्ध रहेको छ ।