५ आश्विन २०७८, मंगलवार

मन्त्रीलाई कालो झण्डा देखाउँदा विद्यार्थी नेतृ आरती लामासहित ४ जना पक्राउ



२० माघ, काठमाडौंँ । प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रीमण्डलका मन्त्रीलाई कालो झण्डा देखाउन पुगेका नेकपा (प्रचण्ड–माधव नेपाल) समुहका चार जना विद्यार्थी नेतालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अनेरास्ववियूका पूर्व सचिव आरती लामा, विद्यार्थी नेताहरू मनीषा कार्की, निरोज श्रेष्‍ठ र सञ्‍जय काल्दन रहेका छन् ।

सिंहदरबारबाट मन्त्री निवास पुल्चोकतिर फर्किएका मन्त्रीहरूलाई अनेरास्ववियुसँग आवद्ध विद्यार्थीहरूले पुल्चोकमै कालो झण्डा देखाएका हुन् । झण्डा देखाउने क्रममा प्रहरीले पक्राउ गरेका चार नेतालाई जावलाखेल वृत्तमा राखिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदम विरुद्ध हामीले मन्त्रीहरूलाई लक्षित गरेर पुल्चोकमा कालो झन्डा देखाउँदा प्रहरीले आफूहरूलाई धरपकड गर्दै जावलाखेल वृत्तमा राखेको विद्यार्थी नेतृ आरती लामाले बताइन।

जनताको लामो त्याग र बलिदानबाट प्राप्त संविधानको भावना विपरित प्रधानमन्त्री ओलीले संसद् विघटनको सिफारिस गरेको भन्दै अनेरास्ववियू चरणबद्ध आन्दोलनको घोषणा गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको