अनिल सम्राटको निर्देशनमा ‘ओई माया’ गीतको भिडियो सार्वजनिक
१९ माघ, काठमाडौं । सिनियर दृष्य सम्पादक एवम् निर्देशक अनिल सम्राटको निर्देशनमा रोमान्टिक गीत ‘ओई माया’को भिडियो सार्वजनिक भएको छ । एस सिने प्रोडक्शन हाउस युट्युव च्यानलबाट सोमबार गीतको भिडियो सार्वजनिक भएको हो ।
गीत रबिलाल पाण्डेले लेखेका हुन् । विजय बिमुनको संगीत र सरोज लामाको संगीत संयोजन रहेको ‘ओई माया’मा गायक प्रमोद खरेलले स्वर दिएका छन् ।
गीतको भिडियोमा सिद्धान्त पौडेल र सिर्जना घिमिरेको अभिनय हेर्न सकिन्छ । हरि बहादुर लामाको छायाँकन र कविता थामीको नृत्य निर्देशन रहेको भिडियोको सम्पादन भने कमल एक्चै मगरले गरेका हुन् ।
आफ्ना साथिहरूसँग गफिरहेकी केटीलाई झट्ट हेर्दा केटाले मन पराएपछि विभिन्न बहानामा फकाउदै पछ्याइरहेको कथाबस्तु भिडियोमा भेटिन्छ । युट्युवमा लाइक र कमेन्ट हेर्दा गीत मन पराइएको देखिन्छ ।
भिडियो हेर्नुहोस् :