१४ जेष्ठ २०८०, आईतवार

अनेरास्वबियूका नेता प्रशुन कार्की गिरफ्तार, भ्यानमा राखेर प्रहरीद्वारा निर्घात कुटपिट



१९ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरूद्ध शान्तिपूर्ण विरोध कार्यक्रममा सहभागी अनेरास्वबियूका केन्द्रीय सदस्य प्रशुन कार्कीलाई प्रहरीले गिरफतार गरेको छ । बिरोध कार्यक्रम सम्पन्न भएर फर्कर्ने क्रममा कार्कीलाई गिरफ्तार गरी भ्यानमा राखेर प्रहरीले नर्घात कुटपिट गरेको हो ।

नेकपा प्रचण्ड–माधव समूहका युवा नेता एवम् केन्द्रीय संघर्ष समितिका सह-संयोजक योगेश भट्टराईले प्रहरीको कुटाइबाट कार्कीको आँखा र अनुहारमा गम्भिर चोट लागेको बताएका छन् । सामाजिक सञ्जालमार्फत् प्रहरी दमनको घोर निन्दा गर्दै नेता भट्ट्राई लेखेका छन्, ‘यस्तो निन्दनिय कार्य गर्ने प्रहरीमाथि कारबाही गर्न माग गर्दछौँ । आन्दोलनकारीहरूमाथि कारबाहीमा उत्रने कुनै पनि व्यक्ति र सुरक्षाकर्मीका बारेमा पार्टीको संघर्ष समितिले नोटीसमा राख्ने जानकारी समेत गराउछौँ ।’

प्रधानमन्त्री ओलीको प्रतिगामि कदमका विरूद्ध अनेरास्वबियू तेस्रो चरणको आन्दोलनमा छ । गत साता बालुवाटारमा भएको नागरिक आन्दोलनका क्रममा प्रहरी दमनका कारण बेहोस भएका अनेरास्वबियूका केन्द्रीय सदस्य निर्ग नविन अझै उपचाररत छन् ।

शान्तिपूर्ण आन्दोलनमा बढ्दो प्रहरी दमनले आन्दोलन थप आक्रामक हुने देखिएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको