१४ फाल्गुन २०७७, शुक्रबार

क्याप्टेन विजय लामा अन्तर्राष्ट्रिय मानव अधिकार अवार्डबाट सम्मानित



१८ माघ, २०७७ । भारतको अन्तर्राष्ट्रिय मानव अधिकार संगठनले १० औँ अन्तर्राष्ट्रिय मानव अधिकार पुरस्कार–२०२० को अवसर पारी विभिन्न देशका प्रतिभाशाली व्यक्तिहरूलाई सम्मान गरेको छ ।

सम्मानित हुनेहरूमा नेपालबाट ३ जना मानव अधिकारकर्मीहरू रहेका छन् । विभिन्न कार्यबाट नेपाली समाजलाई योगदान पुर्याउँदै आउनु भएका क्याप्टेन विजय लामालाई विश्व शान्ति तथा मानवता नेतृत्व पुरस्कार (ग्लोबल लिडरशिप फर पिस एण्ड ह्युमानिटि अवार्ड–२०२०) बाट सम्मानित गरिएको छ ।

त्यस्तै लिली थापालाई अन्तर्राष्ट्रिय साहसी महिला–२०२० बाट सम्मानित गरिएको छ भने अपरा थापा भट्टराईलार्इ जूरी (निर्णायक समिति) सदस्यमा चयन गरिएको छ । विभिन्न मुलुकबाट व्यक्तिहरुको चयनसँगै नेपालबाट भट्टराई उक्त समितिमा परेकी हुन् । उनी ‘अन्तर्राष्ट्रिय साहसी महिला–२०१९’ बाट सम्मानित भइसकेकी छन् ।

यो पुरस्कार मानव अधिकार परिषद्को सबैभन्दा प्रतिष्ठित मानव अधिकार पुरस्कार हो। यो सम्मान मानव अधिकार र मानवतामा सेवाको संरक्षण र प्रवर्द्धनको लडाईँमा असाधारण नेतृत्व गरेका व्यक्ति, विश्व शान्ति नेताहरू, संस्था, संगठनहरूलाई प्रदान गर्ने गरिन्छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु